नेपाल एपीएफ स्कुलको खेलकुद सप्ताह समापन

नेपाल एपीएफ स्कुलको खेलकुद सप्ताह समापन

काठमाडौं :  नेपाल एपीएफ स्कुल कीर्तिपुरको ‘वार्षिक खेलकुद सप्ताह-२०७५’ समापन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुक्रबार स्कुलमा आयोजित एक कार्यक्रमबीच खेलकुद सप्ताहको समापन गरे ।

विविध खेलकुद गतिविधि समावेश गरिएको त्यो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट विद्यार्थी तथा विभिन्न खेलमा विजयी भएका छात्रछात्राहरुलाई पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरे ।

समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र नारायणबाबु थापाले समेत विजयी छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरे ।

त्यस विद्यालयका संरक्षकसमेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा विद्यार्थीवर्गको प्रतिभाको प्रशंसा गर्दै शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको प्रयासले सो विद्यालय आजको अवस्थामा आईपुग्न सफल भएको उल्लेख गरे ।

उनले विद्यार्थीवर्ग देशका कर्णधार भएको चर्चा गर्दै अध्ययन अध्यापनसँगै खेलकुद गतिविधिले विद्यार्थीवर्गमा अनुशासन एवम् सामूहिक भावना विकास गर्न मद्दत गर्नुका साथै खेलकुदले मानसिक एवं शारीरिक रुपमा स्वस्थ रहन तथा व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो विद्यालयको विकास एवं विस्तार र उत्कृष्ट शिक्षाका लागि स्रोतसाधन जुटाउन सशस्त्र प्रहरी बल नेपालले विभिन्न प्रयासहरु गरिरहेको बताए ।

ज्ञान आर्जन गर्नेतर्फ विद्यार्थीवर्ग केन्द्रीत हुनुपर्ने बताउँदै महानिरीक्षक खनालले अनुशासित भई गरेको निरन्तरको मेहनतबाट सफलता प्राप्त गर्न सकिने बताए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शिक्षकवर्गले आफ्ना विद्यार्थीहरुलाई अभिभावक भएर उत्कृष्ट शिक्षा प्रदान गर्न हरप्रयास गर्नुपर्ने कुरा समेत उल्लेख गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले धन्यवाद ज्ञापनको क्रममा शैक्षिक गतिविधिसँगै खेलकुदले बालबालिकाको विकासमा टेवा पु-याउने बताउँदै अनुशासन, नेतृत्वशैली, रचनात्मक तथा सकारात्मक भावनाको विकास गर्न समेत खेलकुदको महत्व रहेको चर्चा गरे । 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले विद्यालयलाई उत्कृष्ट बनाउन संगठनले निरन्तर रुपमा विभिन्न प्रयास गरिरहेको चर्चा गरे । कार्यक्रममा विद्यालयका प्रधानाचार्य अजबहादुर केसीले स्वागत मन्तव्य दिँदै विद्यालयले उत्कृष्ट नतिजाका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । खेलकुद सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, एथलेटिक्स, टेवल टेनिस, दौड लगायतका खेलहरु समावेश गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.