२० औं पोखरा सडक महोत्सव सुरु

२० औं पोखरा सडक महोत्सव सुरु

पोखरा : २०औं पोखरा सडक महोत्सव शुक्रबारदेखि पोखरा फेवाताल किनारको तीन किलोमिटर क्षेत्रमा कोमागाने पार्कभित्र सुरु भएको छ। रेबान पोखराको आयोजनामा सुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे। सडक महोत्सवको उद्घाटनअघि सातै प्रदेशका विभिन्न सांस्कृतिक झाँकीले पोखराको लेकसाइड आकर्षक बनेको थियो।

कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले पोखरामा कम्तीमा १० वटा पाँचतारे सुविधा सम्पन्न होटन निर्माण गर्न व्यवसायीलाई सुझाए। पोखरा जोड्ने पृथ्वीराजमार्ग स्तरोन्नति गरी कम्तीमा ४ लेनको बन्ने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२२ भित्र सञ्चालनमा आउने उनको भनाइ थियो। पर्यटकीय महत्त्वका क्षेत्र पोखराभित्रै निर्माण हुँदै गएकाले गुरुङले सन् २०२२ मा गण्डकी प्रदेशमा मात्रै २० लाख पर्यटक भित्त्याउने लक्ष्यलाई साथ दिन पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिए। प्रदेश सरकारले प्राथमिकतामा राखेर गण्डकी प्रदेशलाई देशको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न संघमा प्रस्ताव लगेको जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिन्दु थापाले पोखराका नौ तालको संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। अर्का सांसद राजीव पहारीले ताल रहेमात्र पर्यटनको भविष्य रहने भएकाले संरक्षण गर्नुपर्ने बताए। महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष बुधराज भुजेल (भिमसेन)ले महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा विकास गर्न सरकारले सघाउनुपर्ने बताए। महोत्सवमा गुरुङ जातिको भेडीगोठ, मगर समुदायको तान बुन्ने, डोको नाम्लोजस्ता विभिन्न ग्रामीण भेग झल्कने वस्तु तथा संस्कृति प्रदर्शन युवा पुस्ताका लागिसमेत आकर्षक थिए।

अंग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत र २०१८ लाई विदाइ गर्न पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झै सिंगारिएको छ। नयाँ वर्षमा पोखराका सबै होटलका कोठा बुक भइसकेको व्यवसायीले बताए। नयाँ वर्ष मनाउन पोखरामा विदेशी नागरिक मात्र नभई पछिल्लो समय नेपालीको आगमन पनि बढेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

सडक महोत्सवको अवसरमा पर्यटकलाई सहज बनाउन लेकसाइडमा सवारी आवागमनमा रोक लगाइएको छ। लेकसाइड जाने बाटो फिस्टेल गेटदेखि खहरेचोकसम्म सवारी आवागमन रोकेर सडकमै साँस्कृतिक कार्यक्रमसहित विभिन्न परिकारका खाना पस्किएको छ। लेकसाइडको सडकमा हिँड्दै साँस्कृतिक र खानाको स्वादमा विदेशी मात्र नभई नेपाली पनि उत्तिकै झुम्मिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.