कर्णालीका दुई लाख मानिस उच्च खाद्य असुरक्षामा
काठमाडौं : कर्णाली प्रदेशका सवा दुई लाख मानिस उच्च खाद्य असुरक्षामा छन्। कर्णाली प्रदेशको खाद्य सुरक्षाको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम तथा संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार १० जिल्लाका सर्वसाधारण उच्च खाद्य असुरक्षामा परेका हुन्। सर्वेक्षण प्रक्रियामा केन्द्रीय तथ्यांक विभागले सहयोग गरेको थियो।
शुक्रबार सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले कर्णाली प्रदेशका ३० लाख जनसंख्यामध्ये सात प्रतिशत मानिस उच्च खाद्य असुरक्षामा रहेको बताए। दैलेख, जाजरकोट, पश्चिम रुकुम, सल्यान, सुर्खेत, डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटमा भदौ र असोज महिनामा सर्वेक्षण गरिएको थियो।
कर्णालीको कुल जनसंख्यामध्ये २८ प्रतिशत मध्यम र अति खाद्य असुरक्षा र सात प्रतिशत उच्च खाद्य असुरक्षामा रहेको सर्वेक्षणले देखाएको छ।
कर्णालीको कुल जनसंख्यामध्ये २८ प्रतिशत मध्यम र अति खाद्य असुरक्षा र सात प्रतिशत उच्च खाद्य असुरक्षामा रहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षण प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये ४५ प्रतिशत न्यूनतम पोषणयुक्त खाद्यपदार्थ पनि सेवन गर्न पाएका छैनन्। यस्तै अन्य उमेर समूहका ५० प्रतिशत बालबालिकाले पोषणयुक्त खाद्यपदार्थबाट वञ्चित रहेको प्रतिवेदनले औल्याएको छ।