कोल्ड स्टोर : सम्भावना अथाह

कोल्ड स्टोर : सम्भावना अथाह

चिस्यान केन्द्रमा वस्तुको गुणअनुसार उचित तापक्रममा खाद्य र पेयजन्य पदार्थलाई राख्दा उत्ताm वस्तुको चारित्रिक गुण बिग्रँदैन।


कात्तिक मंसिरसम्म चीनबाट आयात हुने ‘फुजी’ र भारतको ‘रेड गोल्ड’, ‘रोयल डेलिसिएस’, ‘कास्मिरी डेलिसिएस’ लगायत जातको स्वाद चाख्दै आएकी कमलपोखरीकी प्रिया शर्मालाई पछिल्लो समय अमेरिकी ‘फुजी’ र ‘डेलिसिएस’ स्याउले लोभ्याएको छ। अमेरिकी स्याउको स्वादले उनलाई लठ्ठै पारेको छ। उनलाई बिहान र साँंझ रसिलो, स्वादिलो र ताजा अमेरिकी फुजी र डेलिसिएस स्याउ नभई हुँदैन। ‘अन्य मुलुकबाट आउने स्याउको तुलनामा फुजी र डेलिसिएस स्याउको स्वाद नै छुट्टै छ’, उनी भन्छिन्, ‘त्यस्तो रसिलो मीठो स्वाद अरु स्याउमा कहाँं पाउनु। मुखै रसाउने गरी रसिलो स्याउ रैछ, यो स्याउ।’

शर्माका अनुसार चीन र भारतबाट आउने स्याउभन्दा केही बढी मूल्य पर्ने यो स्याउको स्वाद चाखेपछि अन्य स्याउ किन्न जाँंगर नै चल्दन। छोराछोरी पनि त्यहि जातको स्याउ खान पल्किसकेको उनको कथन छ। अमेरिकामा टिपेको करिब ७ दिनपछि रेफ्रिजेरेटर जडित सवारीसाधनमा लोड भएको ५०औं दिनमा काठमाडौं आइपुग्ने यस्ता स्याउ हेर्दा भर्खरै बोटबाट टिपेको जस्तो ताजा देखिन्छ। त्यसको तुलनामा भारत र चीनबाट चाँडै आए पनि ताजा हुँंदैन। ‘एसी गाडीमा आउने हुँदा भर्खरै बोटबाट टिपेजस्तो ताजा रसिलो मिठास भएको यो स्याउको गुणका कारण यो स्याउले बजार निक्कै पाएको छ’, नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले भने, ‘चिस्यान केन्द्रका कारण धेरै लामो समय यो स्याउको गुणस्तरमा कुनै कमी आएको छैन।’

बानियाँका अनुसार तुलनात्मक रूपमा नेपालमा उत्पादन हुने जुम्लाको अर्गानिक स्याउ, गोरखा र मुस्ताङको स्याउ पनि अमेरिकी स्याउ पनि उस्तै गुणस्तरका छन्। ‘तर हामी कहाँ बोटबाट टिपिएका स्याउको गुणस्तर कायम राख्न चिस्यान केन्द्रमा राख्ने व्यवस्था छैन’, बानियाँले भने,‘यसले गर्दा हाम्रा स्याउ मीठो र गुणस्तरीय हुँदा पनि बजार पाउँदैन। चाँडै बिग्रेर नष्ट भएर जान्छ। बजार अभावमा मूल्य पनि पाउँदैन। यसले उत्पादनकर्ता किसानले लागत मूल्य पनि पाउँदैनन।’

हरेक नेपालीको भान्छामा तरकारीलाई स्वादिलो र मीठो बनाउन प्याजको अनिवार्य प्रयोग हुन्छ। प्रयोग हुने यस्ता प्याजको करिब ९० प्रतिशत परिमाण भारतबाट आयात हुन्छ। यो प्याज खेतबाट उखिलेर सोझै नेपाली बजारमा आएको भने होइन। खेतबाट उखिलेर सफा पारेर करिब ६ महिनादेखि नौ महिनासम्म कोल्ड स्टोर (चिस्यान केन्द्र) मा राखेर बल्ल नेपाली बजारमा आइपुग्छ। यति लामो समयसम्म चिस्यान केन्द्रमा राखिएका प्याजको स्वाद र गुणस्तर भने ताजा हुन्छ। चिस्यान केन्द्रमा खाद्य पदार्थको गुणअनुसार उचित तापक्रममा लामो समयसम्म विभिन्न प्रकारका खाद्य तथा पेयजन्य पदार्थ राख्न सकिन्छ, गुणस्तर र ताजा बनाइराख्न।

‘चिस्यान केन्द्रमा वस्तुको गुणअनुसार उचित तापक्रममा खाद्य र पेयजन्य पदार्थलाई राख्दा उक्त वस्तुको चारित्रिक गुण बिग्रँदैन यसले गर्दा यस्ता पदार्थ उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘चिस्यान केन्द्रकै कारण अहिले नेपालीले घरमै बसेर अमेरिकाको ताजा र रसिलो स्याउ खान पाएका छन्, अमेरिकासहित तेस्रो ठूलो राष्ट्रका बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका गुणस्तरीय फ्रोजन मासु, माछालगायत खाद्य पदार्थ नेपालीले उपभोग गर्न सक्षम भएका छन्।’ नेपालमै अहिले चिस्यान केन्द्रको प्रयोग गरी अहिले महिनौंअघि तयार पारिएको फ्रोजन मासु, ममः, ससेज, आइसक्रिम, बिस्कुटलगायत उत्पादन र बजारीकरण हुन थालेको छ।

यो सबैका पछाडि एउटै उपकरणको सहयोग छ चिस्यान केन्द्रको। कल्पना गरौं आजको दिनमा यो चिस्यान भन्ने उपकरण नभएको भए हाम्रो दैनिकी, खानपान र लाइफस्टाइल कस्तो चल्थ्यो। होटेल, रेस्टुाराँ, डेरी उद्योग, मासु प्रशोधन उद्योग कसरी चल्न सक्थे ? चिस्यान केन्द्रको सानो (माइक्रो) रुप हो, सबैको घरमा उपभोगमा आएको फ्रिज र चिस्यान केन्द्र। यसको सहयोगले हामी घरमै पनि पकाइएको खानालगायत खाद्य पदार्थ साता दिनसम्म पनि उही गुणस्तर कायम हुने गरी भण्डारण गरी राख्न सक्षम भएका छौं।

चिस्यान उपकरणको महत्त्व र बजारीकरण

अन्य मुलुकजस्तै नेपालमा पनि पछिल्लो समयमा चिस्यान उपकरणको महत्त्व बढ्दै गएको छ। तुलनात्मक रूपमा अन्य मुलुकको दाँजोमा जति परिमाणमा महत्त्व बढ्दै जानुपर्ने थियो, त्यसरी अहिले पनि उपभोग दर बढ्न सकेको छैन। नेपाली बजारमा यो उपकरणको बजारीकरणको सम्भावना छ।

खाद्यान्न (चामल, धान, गहुँ, मकै), तरकारी (प्याज, आलु, गोलभेंडा, काउली, बन्दा, मुला, गाजरलगायत) र सबै प्रकारका फलफूल लामो समयसम्म भण्डारण गर्न, प्रशोधित, अर्धप्रशोधित खाद्य तथा पेय जन्य पदार्थ उत्पादन गर्ने उद्योग, सानादेखि ठूला होटेल तथा रेस्टुराँ, डिपार्टमेन्ट स्टोर, डेरी उद्योग, मासु प्रशोधन केन्द्रलगायत क्षेत्रमा यसको माग छ। सीजी इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक सञ्जय राजभण्डारीका अनुसार नेपाली बजारमा अथाह सम्भावना छ। तर, सर्वसाधारणमा यसको महत्त्वबारे धेरै जानकारी नभएकाले सर्वसाधारणलाई सुसूचित गर्ने हो भने यसको बजार बढ्न सक्ने सम्भावना छ।

सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा एलजी, सीजी, गोदरेज, टीसीएल ब्रान्डका घरमा प्रयोग हुने साना फ्रिजदेखि उद्योग तथा होटेल रेस्टुराँमा प्रयोग हुने चिल्लर, डिप फ्रिजर, चेस्ट फ्रिजरजस्ता उत्पादन गरी बजारीकरण गरिरहेको छ। यस्ता चिल्लर, डिप फ्रिजर, चेस्ट फ्रिजर, हार्ट टप, ग्लास टप भिसिकुलरको सहयोगमा मासु, माछा, खाद्य पदार्थ, पेयजन्य पदार्थ, आइसक्रिम, दूध, दहीलगायका पदार्थ लामो समयसम्म सुरक्षित र गुणस्तरीय बनाएर राख्न सकिन्छ।

बिडी कमर्सियल इक्विपमेन्टका सेल्स निर्देशक दिनेश कार्कीका अनुसार ठूलो सम्भावना बोकेको खाद्यान्न, तरकारी र फलफूल भण्डारणका क्षेत्रमा भने कोल्ड स्टोरको प्रयोग नगण्य मात्रामा छ। उनका अनुसार कृषिजन्य क्षेत्रमा मुख्य गरी मल्टि च्याम्बरको सुविधा भएको कोल्ड स्टोरका ठूलो बजार छ। ‘तर न व्यापारीले बुझेका छन्, न सरकार, न त किसानले नै यसको महत्त्वका बारेमा जानकार छन्’, कार्कीले भने।

बिडी कमर्सियल इक्विपमेन्टले नेपाली बजारमा तीन प्रकारका ब्रान्डमा तीन थरीका चिस्यान उपकरणको बजारीकरण गर्दै आएको छ। बेस्र्टन ब्रान्डमा आइसक्रिम, मासु, माछासहित अन्य खाद्य पदार्थ फ्रोजन गरी राख्न मिल्ने डिप फ्रिजर, चिल्लर, होटेल, डिर्पामेन्ट स्टोरमा राख्न मिल्ने जापानमा निर्माण भएको ओसिजाकी ब्रान्डको स्टेनलेस स्टिलको फ्रिजर। कार्कीका अनुसार कोल्ड रुममा प्रयोग हुने उपकरणमध्ये दुई उपकरण भारत,चीनलगायत मुलुकबाट आयात हुने गर्छ। मेसिन र पस प्यानल आयात गरी नेपालमा एसेम्बल गर्ने गरिन्छ। राजधानीसहित केही प्रमुख सहरमा कोल्ड रुम पनि निर्माण हुन थालेको छ।

बाहिरबाट उपकरण गरी आफ्नै ब्रान्डमा निर्माण गरी बजारीकरणको सुरुआत पनि भएको छ। तर सरकारले आधारभूत मापदण्ड निर्माण नगरिदिँदा गुणस्तरहीन उपकरण प्रयोग गरी निर्माणको काम सुरु भएको कार्कीले बताए। नेपाली बजारमा ४५ हजारको भिसिकुलरदेखि १० करोडसम्मको सात आठ तल्लाको कोल्ड रुम बनाउने सुविधा उपलब्ध छ, अहिले। चिलिङ भ्याट इन्डस्ट्रिज हेटांैडाका प्रबन्ध निर्देशक आनन्दकुमार सिंहका अनुसार नेपालमै अहिले विभिन्न ब्रान्डमा दूध चिसाउने, आइसक्रिम जमाउने, मासु तथा माछा फ्रोजन गरी राख्न मिल्ने, दही, पनिर, वटर जमाएर राख्न मिल्ने चिस्यान उपकरण निर्माण हुन थालेका छन्। भारत, चीन र नेदरल्यान्डबाट उपकरण मगाएर आफ्नै ब्रान्डमा कतिपय उद्योगीले यस्ता चिस्यान उपकरण निर्माण गरी बजारीकरण गरिरहेको सिंहको भनाइ छ।

कृषि विज्ञ प्रह्लाद थापाका अनुसार खाद्यान्नका लागि निर्माण भएका ठूलाठूला कोल्ड स्टोरमा सिंगल च्याम्बर (एकै प्रकारका वस्तु एउटै प्रकारको तापक्रममा राख्न मिल्ने ) सुविधा भएका कारण निर्माण भएका कोल्ड स्टोर पनि धेरै स्थानमा बन्द अवस्थामा छन्। मल्टि च्याम्बर (विभिन्न वस्तुलाई विभिन्न तापक्रममा राख्न मिल्ने) भएको सुविधा भएको एउटै कोल्ड स्टोरको अवधारणा नेपालमा अघि बढाउन आवश्यक छ।

धान, चामल, आलु, दाल, प्याज, तरकारी र फलफूलजस्ता बस्तु एउटै स्थानमा छुट्टाछुट्टै तापक्रममा राख्ने सुविधा भएको कोल्ड स्टोर नेपालमा आवश्यक छ। मल्टि च्याम्बर नभएका कोल्ड स्टोरका कारण निर्माण भएका कोल्ड स्टोरले पनि ब्यापार गर्न नसकेको थापाको कथन छ। सर्लाही, धनकुटा, नेपालगन्जलगायतमा करोडौं लगानीमा निर्माण गरिएका यस्ता सिंगल च्याम्बर भएको कोल्ड स्टोर बन्द अवस्थामा छन्।

भारतलगायतका मुलुकमा सरकारले कोल्ड स्टोर निर्माण गर्न सरकारले ठूलो लगानी गरेको छ। यसले गर्दा किसान आफ्ना उत्पादन वर्षाैंसम्म कोल्ड स्टोरमा सुरक्षित राख्न सक्ने र लागत मूल्य पाउने समयमा कोल्ड स्टोरबाट बाहिर निकालेर बजारमा बिक्री गर्ने चलन छ। भारतमा किसानलाई कतिसम्म सुविधा दिइएको छ भने कोल्ड स्टोरमा राखिएका खाद्यान्न, तरकारी, फलफूललाई धितोमा राखेर बैंकबाट सुलभ दरमा ऋणसम्म प्रदान गर्ने व्यवस्था गरिएको छ। कोल्ड स्टोरमा प्रयोग हुने बिजुलीमा समेत भारतले ठूलो छुट दिएको छ। यस्तै कोल्ड स्टोरमा राख्न लाग्ने खर्चमा पनि भारतले ठूलो अनुदान किसानलाई उपलब्ध गराएको छ।

सरकारी प्रयास र अवस्था

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालमा पनि कोल्ड स्टोर निर्माण गर्ने सुरुवात आंशिकरूपमा भएको छ। तर यो त्यति प्रभावकारी हुन सकेको छैन। मन्त्रालयले यो वर्ष विभिन्न स्थानमा ११ वटा कोल्ड स्टोर निर्माण गर्न टेन्डर आह्वान गरेको छ। यो वर्ष कोल्ड स्टोर निर्माणका लागि मन्त्रालयले ५२ करोड रुपैयाँ विनियोजन गरेको छ। कोल्ड स्टोर निर्माण गर्न सरकारले मेसिनरी उपकरण खरिद र भवन निर्माणका लागि कुल लागतको ७० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ। निर्माण हुने यस्ता कोल्ड स्टोर पाँच हजार मेट्रिक टन क्षमताको हुनुपर्ने मापदण्ड राखिएको छ। कोल्ड स्टोर निर्माण गर्न आवश्यकपर्ने जग्गा प्रस्तावकले नै खोज्नुपर्ने र कुल लागतको न्यूनतम ३० प्रतिशत लागत खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।

आव २०७४/७५ मा भने कोल्ड स्टोर निर्माण गर्न योजना त्यति सफल हुन सकेन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कोल्ड स्टोर निर्माण योजना अघि बढाइएको थियो। गत वर्ष झापा, मोरङ, सुनसरी, धनुषा, सिन्धुली, काभ्रे, नुवाकोट, सर्लाही, कास्की, कपिलवस्तु, बाँके, कैलालीलगायत १३ जिल्लामा कोल्ड स्टोर निर्माण गर्न १२ करोड रुपैयाँ छुट्टयाइएको थियो। तर आवश्यक आधार नमिलेर दुई वटा योजनामात्रै छनौट गरिएको थियो। र्ने योजना बनाइएको थियो।


उत्कृष्ट बेस्टर्न

-दिनेश कार्की , सेल्स निर्देशक, बिडी कमर्सियल इक्विपमेन्ट

हामीले मूलतः दुई तीन वर्षदेखि नेपाली बजारमा चिस्यान उपकरणको कारोबारमा हात हालेका छौं। घरायसी प्रयोजनदेखि ठूलाठूला होटेल तथा कोल्ड स्टोरसम्ममा प्रयोग हुने उपकरणको ब्यापारमा जमेका छौं। बेस्टर्न ब्रान्डको डिप फ्रिजरदेखि हार्ट टप, ग्लास टप हामीले ३५ हजारदेखि एक लाखसम्मको मूल्यमा बिक्री गरिराखेका छौं।

यस्तै कोक, फ्यान्टा, पेप्सी राख्ने भिसिकुलरसम्मको बजारीकरण गरिराखेका छौं। भिसिकुलरलाई लिटरको क्षमता हेरेर ४५ हजारदेखि साढे दुई लाखसम्म पर्छ। पेप्सी र कोक कम्पनीले वितरण गर्ने भिसिकुलर हामीले उपलब्ध गराएका छौं।

यस्तै ओसिजाकी ब्रान्डमा ठाडो र अन्डर काउन्टर टेबल सुविधामा चिस्यान उपकरण पनि बिक्री गरिराखेका छौं। यो उपकरण ४६ मुलुकमा निर्यात हुन्छ। दुई लाखदेखि सात लाखको मूल्यमा नेपाली बजारमा ओसिजाकी ब्रान्डको चिस्यान उपकरण उपलब्ध गराएका छौं। यस्तै क्यारियर ब्रान्डमा आठ लाखदेखि १० करोड मूल्यसम्मको शित भण्डारणको उपकरण पनि हामीले उपलब्ध गराउँछौं। सरकारले शित भण्डारणका लागि उचित किसानमैत्री नीति ल्याउन सकेको अवस्थामा यसको बजार ठूलो बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.