‘ह्‍योल्मो’ चिनाउँदै कान्छीडोल्मा

‘ह्‍योल्मो’ चिनाउँदै कान्छीडोल्मा

हिमालको काखैमा बाल्यकाल बिताएकी कान्छीडोल्मा शेर्पा (ह्‍योल्मो) ले ओछ्यानैबाट जुगल हिमशृंखला देख्थिन् । तर उनमा हिमाल आरोहणको रहर भने कहिल्यै जागेन । हेलम्बु गाउँपालिका-१ धारपाखर्क, सिन्धुपाल्चोककी उनलाई आफ्नो गाउँठाउँको प्रचारप्रसारको अभावले पछि परेको भन्ने लाग्थ्यो । आफ्नो समुदाय ह्‍योल्मो जाति र संस्कृति गुमनाम भएको भन्दै उनले हिमालको चुचुरोबाट प्रचार थालेकी छिन् ।

समय फेरियो, डोल्माले हिमाललाई माया गर्न थालिन् । यसै वर्ष मनाङको चुलु इस्ट (६,१०० मिटर), हेलम्बुको ग्वाञ्जला हिमाल (५८,०० मिटर) आरोहण गरिसकिन् । हिमाली क्षेत्रमा हुर्किएकी उनलाई हिमाल आरोहणमा खासै समस्या पनि भएन ।

आदिवासीको अल्पसंख्यक सूचीमा रहेको ह्‍योल्मो समुदायलाई चिनाएर पर्यटन प्रवद्र्धनमा सहयोग गर्न भनी उनी यस वर्ष सगरमाथाको आरोहण गर्ने लक्ष्य लिएकी छिन् । ‘सँगसँगै हिँडौं’ भन्ने सन्देश लिएर २०७६ मा सगरमाथा आरोहण गर्ने उनले बताइन् । पहिलो ह्‍योल्मो महिला आरोहीसमेत रहेकी उनलाई आफ्नो ह्‍योल्मो समुदाय अशिक्षा र गरिबीले अधिकांश युवायुवतीहरू रोजगारका लागि विदेश जाने गरेकोमा दुःख लाग्छ । सगरमाथाको चुचुरो पुगेर समुदायका युवायुवतीलाई देशमै केही गर्नुपर्छ भन्ने सन्देश दिन सगरमाथा जाने तयारीमा रहेको बताउँछिन् । सर्वोच्च शिखरको चुचुरोमा ‘केही गरौ आफ्नै देशमा’ नारा लेखिएको ह्‍योल्मो समाजको झन्डा फहराउने उनको चाहना छ ।

सिन्धुपाल्चोकको हेलम्बु प्रचार अभावमा ओझेलमा परेको उनको बुझाइ छ । नयाँखाङ, दोर्जेलाक्पालगायत आधा दर्जनभन्दा बढी हिमाल हेलम्बु क्षेत्रमै रहेकाले स्थानीय तहसँग सहकार्य गरी हिमालको प्रवद्र्धन गरी पर्यटन विकासमा सहयोग गर्ने उनको योजना छ । त्यस क्षेत्रको तार्केघ्याङ, मिलिम्छीमघ्याङ, शेर्माथाङ, आमा याङरी, ठुककाङ मुख्य पर्यटकीय क्षेत्र हो तर यी पनि ओझेलमा छन् । काठमाडौंदेखि एक दिनको यात्रामा पुगिने हेलम्बु पछिल्लो समय भूकम्पले क्षत्विक्षत हुँदा उनको मन रोएको छ ।

२०६३ सालदेखि आठ वर्ष इजरायलमा रोजगारी गरी फर्केको कान्छीडोल्मा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पहल थाल्ने बताउँछिन् । गाउँमा पर्यटन विकास गर्न हेलम्बु क्षेत्रका गन्तव्यको सुधार गर्ने, साहसिक खेलदेखि पदयात्रा र हिमालको आधारशिविरसम्म पुग्न स्थानीय तहको सहकार्यमा पहल थाल्ने उनको सोच छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.