म्याग्दीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु
बेनी : म्याग्दी बहुमुखी क्याम्पसको २८ औँ वार्षिक उत्सवको अवसरमा शनिबारदेखि बेनीमा गण्डकी प्रदेश स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ। स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कक्षा ११ देखि माथिल्लो तहमा पठनपाठन हुने गण्डकी प्रदेशका विभिन्न २४ वटा क्याम्पसले सहभागिता जनाएको स्ववियुका कार्यबाहक सभापती इश्वर सुवेदीले जानकारी दिए।
बिजेतालाई छात्रतर्फ नगद ४० हजार र उपबिजेतालाई २५ हजार तथा छात्रातर्फ बिजेतालाई २५ हजार र उपबिजेतालाई नगद १५ हजार रुपैयाँ नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ।
त्यसैगरि सेमिफाइनलबाट बाहिरिने टिमलाईसमेत छात्रतर्फ नगद ८ हजार र छात्रातर्फ नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने स्ववियुका सदस्य रेशम कटुवालले जानकारी दिए। प्रतियोगिता सञ्चालनको लागि रु ५ लाख ४१ हजार खर्च अनुमान गरिएको छ।
क्याम्पसको पौस १८ गते विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउने तयारी गरिए पनि मूल समारोह अघि खेलकुद प्रतियोगिताको साथै विविध आन्तरिक प्रतियोगिताहरु समेत समावेश गरिएको छ।