मुसहर बस्तीमा न्यानो कपडा

मुसहर बस्तीमा न्यानो कपडा

मलंगवा : चिसोले कठ्यांग्रिदै गरेका चक्रघट्टा गाउँपालिका–७ पटेर्वाकी ६० वर्षीया पुषणी देवी माझी शनिबार ब्ल्यांकेट पाएपछि दंग थिइन् ।

‘आगो ताप्ने दाउरा र न्यानो कपडा नहुँदा हामीलाई दिन बिताउन कठिन भएको थियो,’ पोषणी देवीले भनिन्, ‘ब्ल्याङ्केट पाएपछि जाडो छल्न सजिलो होला ।’

पोषणी जस्तै यहाँका अधिकांश मुसहर समुदायका बासिन्दा जाडोबाट जोगिने उपाय खोजिरहँदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनिय प्रदेश नं. २ ले ब्ल्यांकेट बितरण गरेको हो ।

ब्ल्यांकेट पाएपछि पोषणी देवीसँगै पूरै मुसहर समुदाय खुसी देखिएका छन् । जाडोबाट बालबालिकालाई बचाउनै न्यानो कपडा नभएपछि कष्ट व्यहोर्दै आएको स्थानीय राजकुमार माझीले बताए । न्यानो कपडा पाएपछि भने राहत महसुश भएको राजकुमार बताउँछन् ।

अनेरास्ववियुका कार्यकर्ताले चक्रघट्टा गाउँपालिकाको पटेर्वा, बेल्ही, हरिवन नगरपालिकाको घुर्कौलीमा १ सय ७३ थान ब्ल्याङ्केट बितरण गरेको हो । साथै पटेर्वाका ४० परिवारलाई ब्लाङ्केट र बालबालिकालाई न्यानो कपडा बितरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.