पाठशाला साँझमा जनयुद्धबाट एक्लिएको बालकको कथा

पाठशाला साँझमा जनयुद्धबाट एक्लिएको बालकको कथा

काठमाडौं : नेपालमा १० वर्षे जनयुद्धले तहसनहस पारेको जीवन नौलो विषय होइन । यसले कयौँ आमाबाबुलाई सन्तानविहीन बनायो ।

धेरै बालबालिकालाई अभिभावकविहीन बनायो । आमाबाबुको मृत्युपश्चात एक्लिएका बालबालिका कसरी हुर्किन्छन् ? अभिभावकको प्रेम नपाइ हुर्किँदा उनीहरु अरु बालबालिकाभन्दा अवसरबाट बन्चित हुन्छन् नै ।

अभिभवक गुमाएर एक्लिनु परेको बालबालिकाको पीडा प्रस्तुत गरिएको नाटक हो ‘भ्यागुत्तोको उफ्राइ’ । मानवेत्तर पात्रहरुको प्रयोग गरेर मञ्चन गरिएको यस नाटकमा एक्लो भ्यागुत्तोको कथा प्रस्तुत गरिएको छ ।

पर्दा खुलेपछि भ्यागुत्ताहरु कराएको ट्यार्रट्यार्र आवाज सुनिन्छ । धेरै भ्यागुत्ताहरु जम्मा भएर कराइरहेको ठाउँमा एउटा भ्यागुत्तो कराउन नजानेर एक्लै बसिरहेको हुन्छ ।

बाबुआमालाई एउटा ठूलो चरो (चिल) आएर लगेपछि सानो भ्यागुत्तो परिवारविहीन हुन्छ । उफ्रिन पूर्ण रुपमा नआउने उसलाई आमाबाबु मरेपछि सिकाउने कोही पनि हुँदैन ।  ‘मेरो पनि खुसी परिवार थियो । म, आमा अनि बुवा । मेरा बाबाले मलाई उफ्रिन सिकाउँदै हुनुहुन्थ्यो । त्यही समयमा एउटा ठूलो चरो आएर मेरो आमा बाबालाई लग्यो ।’

एक्लिएपछिको आफ्नो पीडा सुनाउँदै भ्यागुत्तोले भनेको संवाद हो यो । जसलाई बिम्वको रुपमा नाटकमा प्रस्तुत गरिएको छ । ठूलो भएपछि पनि उफ्रिन नआउने हुनाले राम्ररी उफ्रिन जान्ने भ्यागुत्तोले उसलाई हेप्छ । आफूले मन पराएकी केटी (भ्यागुत्ती) लाई पनि उफ्रिन र राम्ररी गीत गाउन नजानेकै भएर उसले आफ्नो बनाउन पाउँदैन । एउटा बुढो भ्यागुत्तोको सहयोगले उसले प्रेमिका पाउँछ । पछि प्रेमिकाको साथ र सहयोग पाएर उसले उफ्रिन र गाउन सिक्छ ।

प्रत्यक्ष रुपमा भ्यगुत्तोको कथा सुनाएर अप्रत्यक्ष रुपमा जनयुद्धको समयमा अभिभावकविहीन भएका बालबालिकाको दुःखको मार्मिक प्रस्तुति यस नाटकमा छ । परिवारविहीन भएर हुर्किँदा भोग्नुपरेको एकांकीपनाले उनीहरुको भविष्यमा समेत पारेको असर यसमा देखाइएको छ । उफ्रिनु र कराउनु भन्नाले अप्रत्यक्ष रुपमा जीवन जीउन आवश्य सीपलाई बुझिन्छ ।

पाठशाला नेपाल फाउन्डेशनको अभिभावक दिवसको अवसरमा पुस १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन गरिएको यस नाटकका लेखक तथा निर्देशक पशुपति राई हुन् । मानवेत्तर पात्रको मात्र प्रयोग गरिएको यस नाटक संवादविना नै सम्पन्न गरिएको छ । संवादको प्रयोग नगरिकनै सम्पन्न गरिएको र मानवीय पात्रको प्रयोग नगरिएको यस नाटकलाई प्रयोगमुलक नाटकको रुपमा लिइएको छ ।

‘पाठशाला साँझ’ नाम दिइएको यस कार्यक्रममा नेपालमा भएका विविध जातका संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो । नेपाली, थारु, मैथिली, अंग्रेजी, नेवारी, संस्कृत भाषाका गायन प्रस्तुत गरेर नेपालको विविधतालाई यहाँ देखाइयो । सानासाना विद्यार्थीहरुको नृत्य, गायन तथा अभिनय क्षमताको प्रस्तुतिले कार्यक्रमलाई थप रोमान्चक बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.