खाडामा अब एकीकृत बस्ती

खाडामा अब एकीकृत बस्ती

सुर्खेत : आगलागीबाट खण्डहर बनेको कालिकोटको खाडागाउँमा प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने भएको छ। कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले पलाँता गाउँपालिका–१ खाडागाउँमा आगलागीबाट पीडित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरेको हो। घर निर्माण गर्न पीडितका प्रतिपरिवार पाँच लाख रुपैयाँ प्रदान गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

आइतबार राति खाडागाउँमा आगलागी हुँदा ८७ घर जलेका थिए। बस्ती खण्डहर बनेपछि प्रदेश सरकारले त्यहाँ नमुना बस्ती बसाल्ने र पीडितलाई घर निर्माण गरिदिने निर्णय गरेको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अग्निपीडितको पुनःस्थापनाका लागि सरकार गम्भीर बनेको जानकारी दिइन्। ‘खाडा गाउँमा प्रदेश सरकारले नै पीडितका घर बनाइदिने निर्णय गरेका छौं। प्रतिपीडित परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराइनेछ’, उनले भने।

प्रदेश सरकारले तत्काल पुनर्निर्माण र पुनःस्थापन पनि थाल्ने भएको छ। प्रदेश सरकार प्रवक्तासमेत रहेकी मन्त्री केसीले भनिन्, ‘खण्डहर बनेको खाडामा एकै प्रकारका घर बनाइनेछ। बस्तीका घरको आकार र डिजाइन पनि एउटै हुनेछ। अन्य पूर्वाधार निर्माण गर्न दाता खोज्नेछौं।’ प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरे पनि रकम सोझै पीडितको खातामा नजाने भएको छ। पीडितलाई दिँदा दुरुपयोग हुन सक्ने भन्दै सरकार आफैंले आवास निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने जनाएको छ।

प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी एकीकृत बस्ती निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्ने जनाएको छ। अग्निपीडितको आवास निर्माणमा सहयोग गर्न दातालाई आग्रह पनि गरेको छ। प्रदेश सरकारले राहतकोष पनि स्थापना गर्ने जनाएको छ। राहत संकलनका नाममा जथाभावी रकम उठाउने प्रवृत्ति बढेपछि प्रदेश सरकारमार्फत राहत वितरण कोष स्थापना गर्न लागिएको हो। राहत वितरण एकद्वार प्रणालीबाट गर्ने प्रदेश सरकारको तयारी छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारमातहत रहेका जिल्ला अस्पताल र आयुर्वेद औषधालयमा व्यवस्थापन समितिको अध्यक्ष र सदस्य मनोनयन गरेको छ। सुर्खेतस्थित प्रदेश अस्पताल विकास समितिको अध्यक्षमा श्यामलाल कँडेल मनोनीत भएका छन्। प्रदेश अस्पतालको सदस्यमा हरिमाया शर्मालाई मनोनयन गरिएको छ। जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, जिल्ला अस्पताल मुगुमा पारशमणि मल्ल र जिल्ला अस्पताल डोल्पाको अस्पताल विकास समितिको अध्यक्षमा तेजेन्द्रबहादुर रोकायालाई मनोनयन गरेको छ।

जिल्ला अस्पताल हुम्लामा छेपाल दोर्जे लामा तामाङ, जिल्ला अस्पताल कालिकोटमा सरोज बोगटी, जिल्ला अस्पताल दैलेखमा लोमन शर्मा, जिल्ला अस्पताल जाजरकोटमा धर्मशिला बस्नेत, जिल्ला अस्पताल रुकुममा सुन्दर वली, जिल्ला अस्पताल मेहलकुनामा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालयमा ओमबहादुर बोहरा र जुम्ला आयुर्वेद औषधालयको अस्पताल विकास समितिको अध्यक्षमा मनोज बुढाथोकी मगरलाई मनोनयन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.