निवास बोलाएर प्रचण्डले महेश्वरलाई भने : देशको गौरव बढाउनुभयाे

निवास बोलाएर प्रचण्डले महेश्वरलाई भने : देशको गौरव बढाउनुभयाे

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई बधाई दिएका छन्। निमन्त्रणामा प्रचण्ड निवास खुमलटार पुगेका महर्जनलाई उनले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उचो पारेको बताएका हुन्।

'तपाईले उत्कृष्ट कौशल देखाउनु भयो। यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ' अध्यक्षले भेटमा भने,'विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ।'

आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने समेत बताए। राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्दै अध्यक्षले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने समेत बताए।

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.