औद्योगिक प्रदर्शनीमा ग्राहकको घुँइचो

औद्योगिक प्रदर्शनीमा ग्राहकको घुँइचो

काठमाडौं : शुक्रबारदेखि सुरु भएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ग्राहकको घुँइचो लागेको छ। काठमाडौंको भृकुटीमण्डपमा लागेको मेलामा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको खरिद गर्ने ग्राहकको बाक्लो उपस्थिति रहेको छ। 

प्रदर्शनीमा उद्योगले प्रयोग गर्ने कच्चा पदार्थहरु समेत प्रदर्शनीमा राखिएका छन्।प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पलमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएकाले नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन तथा खरिद गर्नेको ग्राहको संख्या बढेको छ।

प्रदर्शनीमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसँग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु राखिएका छन्।

प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवम् ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनलाई १९१  वटा स्टलमा राखिएको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल जानकारी दिएको छ।

'राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग' भन्ने मूलनाराका साथ यस वर्ष १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरू भएको हो। प्रदर्शनी १९ गतेसम्म चल्नेछ।प्रदर्शनीको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.