गाउँलाई पर्यटकीय स्थल बनाउन 'भिडियो च्यालेन्ज'

गाउँलाई पर्यटकीय स्थल बनाउन 'भिडियो च्यालेन्ज'

काठमाडौं : आफ्नो गाउँलाई पर्यटकीय स्थल बनाउन  वी विल राईज फाउण्डेसनले 'भिडियो च्यालेन्ज' सार्वजनिक गरेको छ। 'नेपाल भ्रमण वर्ष २०२०' लाई टेवा पुर्‍याउन फाउण्डेसनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो।

नेपालका धेरै गाउँ अझैं पनि पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन सकिने भएर  भिडियो निर्माताले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, वेशभुषा, खानपान, कला आदी  विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

अहिले पर्यटकको अत्याधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सकेमा त्यस्ता भिडियोलाई प्रतियोगितामा समावेश गर्न सकिने  फाउन्डेसनले जानकारी दिएको छ। तर भिडियो भने नेपालकै हुनुपर्ने प्रवधान छ। 

फाउण्डेसनका अनुसार कुनै पनि भिडियो निर्माताले आफूसँग रहेको स्मार्टफोनको एचडी  क्‍वालिटिमा भिडियो खिचेर समेत सहभागिता जनाउन सक्नेछन् भने त्यो भन्दा बढी गुणस्तरको भिडियो  क्‍वालिटीको भएपनि मान्य हुने जनाएको छ।

अधिकतम ५ मिनेटको हुनुपर्ने उक्त भिडियोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डमुमेन्ट्री निर्माता मोहन मैनाली, डकुमेन्ट्री एवं चलचित्र निर्देशक संझना उप्रेती रौनियार, वरिष्ठ साउण्ड विज्ञ प्रदिप उपाध्याय र नेपाल पर्यटन वोर्डको सिईओ निर्णायक रहेका छन्।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भिडियो निर्माताले आफूलाई मन परेको विषयमा फाउण्डेसनको आधिकारीक वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमा गएर जानकारी गराउनु पर्नेछ। निर्णायकबाट चयन भएका उत्कृष्ठ भिडियोलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचार -प्रसार गरिने छ। यसमा सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाइस एवार्ड’ प्रदान गरिने छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.