काठमाडौंको तापक्रम यो वर्षकै कम, चिसो अझैं बढ्ने

काठमाडौंको तापक्रम यो वर्षकै कम, चिसो अझैं बढ्ने

काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महशुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। 

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौंको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो।

गत वर्ष डिसेम्बर ३० मा काठमाडौँको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो। त्यसैले गत वर्षको तुलनामा यस वर्ष अलि बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ। 'सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको हो। तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महशुस गरिएको छ, उनले भने।

राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महशुस गरिएको हो। आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ। 

महाशाखाकाको पछिल्लो विवरणानुसार डडेलधुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ।

सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। जुम्लाको न्यूनतम तापक्रम आज माइनस ७ डिग्रीमा झरेको छ। तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.