सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन
सम्मेलनका लागि काठमाडौँबाट जाने अधिकांश सहभागी आइतबार त्यसतर्फ प्रस्थान गरिसकेको आयोजना मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए।
सम्मेलनको उद्घाटन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच गर्ने कार्यक्रम रहेको तामाङले बताए। सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको मूलध्येय रहेको छ।
जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ।
‘जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ’, संयोजक तामाङले भने।
सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित प्रत्येक जिल्लाबाट तीन जनालाई बोलाइएको छ। सम्मेलनका लागि करीब एक करोड खर्च लाग्ने आयोजकले बताए।
रासस