चोलेन्द्रलाई प्रश्न : संसदबाट अस्वीकृत न्यायाधीश सर्वोच्चमै छन्, के भन्नुहुन्छ ?

चोलेन्द्रलाई प्रश्न : संसदबाट अस्वीकृत न्यायाधीश सर्वोच्चमै छन्, के भन्नुहुन्छ ?

काठमाडौं : प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराको सुनुवाई आज सम्पन्न हुन सकेन। राणामाथि सदस्यहरुले प्रश्न सोधे पनि कर्मचारीहरुको आन्दोलनका कारण राणाले जवाफ दिन पाएनन्।

मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ। बैठकमा भने समितिका सदस्यहरु योगेश भट्टराई, पुष्पा भुसाल, पुर्णकुमारी सुवेदीले प्रश्न सोधेका थिए।

बैठकमा सदस्य योगेश भट्टराईले अदालतबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुन नसकेको बारे प्रश्न सोधेका थिए। यस्तै उनले ‘सुनुवाइबाट कति नम्बरको आशा राख्नु भएको छ ?’ भन्दै राणालाई सोधेका थिए। उनले अघि सोधे, ‘संसदबाट अस्वीकृत व्यक्ति पनि सर्वोच्च अदालतमा न्यायाधीश भएर बसेका छन्। के भन्नुहुन्छ ?’

यस्तै पुष्पा भुसालले न्यायीक भ्रष्टाचार रोक्ने योजनाबारसे प्रश्न राखेकी थिइन्। सुवेदीले भने गरिब र तल्लो तहका जनताका लागि न्यायमा विश्वास नहुनुको कारण के हो ? भन्दै बैठकमा सोधेकी थिइन्। बैठक सुरु भए पनि सुनुवाई सम्पन्न भएको छैन। कर्मचारीको आन्दोलनका कारण मंगलबार सम्मका लागि बैठक स्थगित गरिएको हो। राणाले पनि मंगलबार नै आफूमाथिका प्रश्नको जवाफ दिने छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.