बंगलादेशमा निर्वाचन : हिंसात्मक घटनामा १५ जनाको मृत्यु

बंगलादेशमा निर्वाचन : हिंसात्मक घटनामा १५ जनाको मृत्यु

ढाका : बंगलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा १५ जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएपछि मानिसहरूको मृत्यु भएको सिएनएनले जनाएको हो। 

विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ। त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती जिल्लामा पनि विपक्षीहरुले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाई छ। 

कडा सुरक्षा व्यवस्थासहित निर्वाचन भइरहेको छ कतिपय हिंसात्मक घटनाहरुका विवरणहरु आउने क्रम जारी रहेको जनाइएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै ६ लाख परिचालन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.