२०१८ मा दक्षिण एशिया : अस्थिरता र उथलपुथलको वर्ष

२०१८ मा दक्षिण एशिया : अस्थिरता  र उथलपुथलको वर्ष

इस्वी सन् २०१८ मा दक्षिण एसियामा निकै उतारचढाव भयो।  यो वर्ष दक्षिण एशियाका श्रीलंका, पाकिस्तान, मालद्वीपमा निकै उथलपुथल भएको छ।  पाकिस्तानमा क्रिकेटमा चर्चा कमाएका पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का नेता इमरान खान प्रधानमन्त्री बन्न पुगेका छन्। लामो समयसम्म पाकिस्तानी राजनीतिमा प्रभाव जमाएका नवाज शरीफ र बिलबाल जर्रादी भुट्टोलाई चुनौती दिएर खान सत्तारुढ बनेका हुन्। उनले देशमा देखिने गरी सुधार गर्न तीन महिनाको समय मागेका थिए। उनले केही सुधारको थालनी पनि घोषणा गरेका थिए।

पुराना महँगा गाडी बेच्ने, प्रधानमन्त्री आवासमा विश्वविद्यालय बनाउने जस्ता सुधार गरे पनि आर्थिक रूपमा जर्जर देशमा उनले सुधार गर्न सकेका छैनन्। अदालतको आदेशबाट पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लीग–नवाजका नेता नवाज शरीफ कारागारमा छन् र उनले आजीवन सार्वजनिक पदधारण गर्न नपाउने भएका छन्।

यो वर्ष मालद्वीपमा निकै उतारचढाव भयो। मालद्वीपमा तत्कालीन राष्ट्रपति अब्दुल्ला यामिन र सर्वोच्च अदालतबीच निकै खिचातानी रह्यो। मालदिभियन डेमोक्र्याटिक पार्टी विपक्षी नेताहरूलाई जेलमुक्त गर्न आदेश दिएपछि उनले प्रधानन्यायाधीश, प्रहरी प्रमुख लगायतलाई नै नजरबन्द गर्न पुगे। अदालतले यामिनलाई नै गिरफ्तार गर्न आदेश दियो। मुलुकमा संकट लगाएर यामिनले स्थिति नियन्त्रणमा लिन खोजे।

यसबाट लामो समयसम्म देशभर प्रदर्शन जारी रह्यो। अन्त्यमा निर्वाचन भयो। निर्वाचनबाट मोहमद इब्राहिम सोलिह राष्ट्रपति नियुक्त भए। यामिनलाई चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो। मालद्वीपका ठूला पूर्वाधार परियोजनाका लागि उनले चीनबाट करोडौं डलर ऋण प्राप्त गरेका थिए। सोलिहसँग भारत र चीन दुवैले सहकार्य गर्न चाहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त उनको शपथमा माले नै पुगे।

श्रीलंकामा सत्ताका लागि तनावपूर्ण वातावरण रह्यो। दुईजनाले आफू प्रधानमन्त्री भएको दाबी गरिरहे। पूर्वराष्ट्रपति माहिन्दा राजपाक्षे र रणिल विक्रमासिंघेको अहंले संसद्मा आक्रमण समेत हुन पुग्यो। श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विक्रमासिंघेलाई अपदस्त गरेर राजपाक्षेलाई प्रधानमन्त्री बनाएपछि शुरु भएको संकट लामो समयपछि अन्त्य भयो।

राष्ट्रपतिले कूटनीतिक क्षेत्रबाट समर्थन पनि पाउन सकेनन् भने राजपाक्षेले पनि संसद्मा बहुमत हासिल गर्न सकेनन्। राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएपछि चीनले मात्र बधाई दिएको थियो। पश्चिमा मुलुक मौन रहेपछि अदालत र संसद्ले पनि सिरिसेनाको कदम असफल बनाएका थिए।

दक्षिण एशियाको एक मात्र राजतन्त्रात्मक मुलुक भुटानमा सत्तारुढ दल पहिलो चरणकै चुनावमा शर्मनाक रूपमा पराजित भयो। तत्कालीन प्रधानमन्त्री छिरिङ तोब्गेको दल पिपुल्स डेमोक्र्याटिक पार्टी (पीडीपी) सत्ताच्युत हुन पुग्यो। उक्त दल भारतमुखी भएको आरोप लाग्दै आएको छ। यसपटकको निर्वाचनबाट सन् २०१३ मा बनेको दल द्रुक न्यामरुप चोग्पा (डीएनटी)का नेता डा. लोते छिरिङ प्रधानमन्त्री बन्न पुगे। संवैधानिक दृष्टिले संसद् शक्तिशाली भए पनि वास्तविक शक्ति राजासँग छ। रणनीतिक रूपमा निकै महत्वपूर्ण भुटान कैयौं पटक भारत र चीनबीचको चेपुवामा पर्ने गरेको छ। भुटानको दोक्लामका बारेमा चीन र भारतबीच तनाव सिर्जना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.