पर्यटनलाई असर नपार्ने मदिरा नीति

पर्यटनलाई असर नपार्ने मदिरा नीति

पर्यटक घुम्न, रमाइलो गर्न आउने भएकाले मदिरा प्रतिबन्धले आगमनमा प्रतिकूल असरपार्ने जैसवाल बताउँछन्।


 नुवाकोटका सरोज रिमालले बालाजु माछा पोखरीमा ओल्ड स्कूटी रेस्ट्रो सञ्चालन गर्न थालेको सात महिना भएको छ। उनको रेस्टुरेन्ट स्कूटीमै बसेर खान मिल्ने नयाँ अवधारणामा सञ्चालन गरिएको छ। बजारमा फरक शैलीको यो रेस्टुरेन्टमा फरक प्रचलन सुुरु गर्न लागिरहेका रिमाल यो क्षेत्रको सम्भावनालाई दृष्टिगत गर्दै अगाडि बढिरहेका छन्।

उनको रेस्टुरेन्टमा आउने ग्राहक फरक–फरक प्रकृतिका हुन्छन्। कुनै ग्राहक बिहानैदेखि मदिरा पिउन रुचि राख्छन् त कुनैले दिउँसो वा साँझ। दिउँसोको समय खाजाखाने कामकाजी ग्राहक हुन्छन्। बेलुका भने रेस्टुरेन्टमा आउने ग्राहक परिवारसहित आउने, एकल तथा साथीभाइसँग आउनेमध्ये करिब ५० प्रतिशतको खानपान मदिरासहित हुन्छ। ‘ग्राहकलाई हामी भगवान मान्छौं, त्यसैले उनीहरूले चाहेको जस्तो खाना र मागेको बेला मदिरा दिन हामी जतिबेला पनि तयार हुनुपर्छ’, रिमालले भने।

भर्खर रेस्टुराँ व्यवसायमा लागेको रिमाललाई सरकारले ल्याउँदै गरेको ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन र हानिकारक सेवनसम्बन्धी कार्यकारी आदेश–२०७५’ बारे खासै जानकार छैन। उनलाई आफ्नो रेस्टुरेन्ट कसरी चलाउने र बढीभन्दा बढी ग्राहक आकर्षण गर्ने भन्ने नै चिन्ता छ। तर, उनको जस्तै सम्पूर्ण पर्यटकीय सेवामा केन्द्रित भएका होटल तथा रेस्टुरेन्टलाई कडीकडाउ गर्ने गरी सरकारले यो आदेश ल्याउँदै छ। सरकारले हरेक पेसा र व्यवसायलाई मर्यादित बनाउनु त ठीक हो तर सहजीकरण गर्दै जानुपर्ने हुन्छ। यदि, त्यस्तो आदेशबाट होटल रेस्टुरेन्ट व्यवसायलाई कडाइ गरेर समस्यामा पार्न भने नहुने रिमाल बताउँछन्।

होटल रेस्टुराँका ग्राहकलाई बन्देज गर्नु हुँदैन

५० वर्षदेखि रेस्टुरेन्ट व्यवसायमा सक्रिय रहेका ठमेलस्थित थर्ड आई रेस्टुरेन्ट एन्ड बारका अध्यक्ष तेजेन्द्र श्रेष्ठका अनुसार सरकारले यो क्षेत्रमा लागू गर्ने हरेक नियम व्यवहारिक हुनुपर्छ। ‘व्यवहारमा चलेको, समाजमै भिजेको मान्यतालाई हटाउनु भनेको संस्कृतिलाई नै धक्का दिन खोज्नु हो’, श्रेष्ठले भने, ‘मदिरा सेवन आफैंमा खराव होइन, धेरै पिउने र अव्यवाहारिक बन्नु चाहिँ खरब हो।’

मदिरा थोरै पिउनु एक प्रकारको औषधि हो। यसले थकान मेटाउनेदेखि सामाजिक संस्कृतिसमेत जगेर्ना गर्छ। मदिरा बिक्रीवितरणमा नियन्त्रण लिनु, गुणस्तहीन प्रयोग गर्न नदिनु र समाजलाई सभ्य बनाउन दिनु सकारात्मक हो। तर, मदिराकै बहानामा होटल रेस्टुरेन्टमा बिक्री गर्न नपाइने, पर्यटक तथा ग्राहकले खानै नहुने, खानपानमा बन्देज र समयसीमा तोकिदिनु चाहिँ उचित नभएको श्रेष्ठको बुझाइ छ।

सरकारले पछिल्लो समय आर्थिक क्रान्तिको नारा अगाडि सारेको छ। आर्थिक गतिविधि बढाउन करको दायार फराकिलो बनाउँदै गएको छ। तर, मदिरा बेचेरै धेरै कर तिर्ने र यसकै माध्यमबाट सञ्चालन हुने पर्यटन क्षेत्रलाई चाँहि किन कसिरहेको छ ? श्रेष्ठले प्रश्न गरे। उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा देश अनुसार ६० एमएलसम्म मदिरा पिउन पाइन्छ। हाम्रोमा भने मदिरा नै पिउन नपाइने हुनु हुँदैन। न्यूनतम मापदण्ड तोक्न सकिन्छ तर पिउनै नहुने भनेर मापदण्ड ल्याउनु नै गलत भएको बुझाइ श्रेष्ठको छ।

अहिले काठमाडौंमा मात्रै पर्यटकीय स्तरका करिब दुई हजार रेस्टुरेन्ट छन्। यी रेस्टुरेन्टमध्ये जुनसुकैमा पनि स्वेदशी तथा विदेशी ग्राहकले सेवा लिन पाउछन्। सरकारले ल्याउने नयाँ नियमावली जसले मदिरा नियन्त्रदेखि बिक्री वितरणसम्मलाई असर गर्छ। त्यसले पर्यटन व्यवसालाई पनि प्रत्यक्ष असरपर्ने श्रेष्ठ बताउँछन्।

होटल तथा रेस्टुराँमा ग्राहक प्रवेश गरेपछि उसले होटलभित्रको गार्डेन, रूम, लवि जहाँ पनि बसेर खानपिन गर्न पाउँछ। होटल तथा रेस्टुरमा आउने ग्राहकले ३० प्रतिशत लिक्वयर र बाँकी ७० प्रतिशत खानाका प्रकार रुचाउने गर्छ। मदिरा नियन्त्रण गर्ने नाउमा गरिने कडाइले पर्यटन क्षेत्रमा प्रत्यक्ष र नकारात्मक असर पर्ने भएको व्यवसायी बताउँछन्।

पर्यटकीय क्षेत्रमा २४ सै घण्टा सेवाको व्यवस्था हुनपर्छ

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)का अध्यक्ष प्रमोद जैसवालका अनुसार मदिरा प्रतिबन्धले पर्यटनमा नकारात्मक असर पर्छ। उनि भन्छन्, ‘पर्यटक हाम्रा पाहुना हुन्। घरमा पाहुना बोलाउने अनि खाना खान दिन्न भन्न मिल्दैन। पर्यटक घुम्न, रमाइलो गर्न आउने भएकाले मदिरा प्रतिबन्धले पर्यटक आगमनमा प्रतिकूल असर पार्ने जैसवाल बताउँछन्। पाहुनाले रुचाउने मदिरालाई पनि रोक्न मिल्दैन। मदिराले समाजको कुन वर्गलाई असर गर्‍यो ? कसलाई बिगारेको छ भनेर सरकारले भन्नुपर्छ।’

जैसलवाका अनुसार सबै पर्यटकीय स्तरमा २४ सै घण्टा सेवा हुनुपर्छ। सहर बजार खुल्नुपर्छ। पछिल्लो समय गण्डकी प्रदेशले २४ घण्टा बजार खोल्ने नीति अगाडि सारिसकेको छ। प्रमुख पर्यटकीय क्षेत्र पोखरामा पर्यटकीय सेवाकै लागि प्रदेश सरकारले यस्तो नीति अवलम्बन गर्न खोजिहेको छ। सरकारले भने भएकै सुविधा र सेवालाई पनि खुम्चाउने गरी काम गर्न खोजेको आरोप जैसवालको छ।

सरकारले यस अघि मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाउने नियम ल्यायो त्यो सुरक्षाको दृष्टिले ठीक थियो। अब त सार्वजनिक सवारी साधन चढ्न पनि नपाइने व्यवस्था गर्न खोज्दै छ। यसलाई व्यावहारिक दृष्टिले हेर्नुपर्छ।

सरकारले हरेक दृष्टिबाट मदिरालाई कस्दै लैजाने हो भने यो उद्योगले समाज बिगारेको छ, राज्यको छबि बढाएको छैन भने मदिरा उद्योग नै बन्द गरिदिए हुन्छ। राज्यले कर असुलिरहने, मदिराबाट लाभ चाहिँ लिन खोजिरहने तर यसैका कारण यसबाट सञ्चालन हुने क्षेत्रलाई किन प्रभावित बनाउने ? जैसवाल प्रश्न गर्छन्।

पर्यटनमा नकारात्मक सन्देश दिनुहुन्न

होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहका अनुसार आन्तरिक र बाह्य पर्यटकको हकमा हेनुपर्छ। अहिले सरकारले नियमन गर्न खोजेको यो ठीक हो। एउटा वडामा वटा मात्र पसल खोल्न दिने भन्नु व्यावहारिक हुन्छ। यसले त जसले सररकालाई बढी पैसाँ खुवाउँछ उसले मात्रै पाउने भयो।

‘अर्को यसले पर्यटनमा पनि नकारात्मक प्रभाव पार्छ। हामीले सरकारबाट लाइसेन्स लिदाँ २४ सै घण्टा सेवा दिने गरी लिएका हुन्छौं। होटलको मापदण्ड २०७० ले मदिरा होटलको कोठा कोठाको मिनी बारमा राख्नुपर्छ। नयाँ मापदण्डले यसलाई राख्नु हुँदैन भन्न खोजेको छ। यो व्यावहारिक हुन्न भनेर हामी सबै निजी क्षेत्रका व्यवसायीले ज्ञापनपत्र पनि बुझाएका छौं’, शाहले भने।

नेपाल आउनु अघि कुनै पनि विदेशीलाई हामीले दिने सेवाको सहमति गरेका हुन्छौं। यहाँ आएर पर्यटकले आफूले पाउनुपर्ने सेवा नपाए अन्तर्राष्ट्रिय स्तरमा कानुनी लडाइँ लड्न सक्छ। यसले नकारात्मक नसार दिन्छ। सरकारी निकायले ल्याउने नियक कानुन जसले हामीलाई असर गर्छ त्यसको बीचमा हामीसँग पनि सहकार्य हुनुपर्छ। पर्यटन क्षेत्रलाई असर गर्ने गरी ल्याउने नियम कानुन कन्तिमा पनि सम्बन्धित सरोकारवाला निकायसँग पनि सहकार्य गर्नुपर्छ भन्ने हो।

मदिरको नयाँ व्यवस्थाले सरकारको सन् २०२० मा २० लाख पर्यटन भित्त्याउने लक्ष्यलाई असर पार्नु हुँदैन। ‘सरकारले पर्यटकचाहिँ ल्याउनुपर्छ भन्ने, पर्यटकीय सेवा र सुविधाका निम्ति होटल रेस्टुरेन्ट चाहिने अनि मदिरा पिउन रोक लगाउँछु भन्न पाइन्छ ? ’, रेवानका अध्यक्ष जैसवाले भने। ‘पर्यटकलाई मदिरा पिउन प्रतिबन्ध लगाउने वा नियन्त्रण गरेर के गंगाजल दिनुपर्ने हो ? ’

मदिराको ठूलो हिस्सा होटल तथा रेस्टुरामा प्रयोग हुन्छ। होटल तथा रेस्टुरेन्ट जाने ग्राहकमध्ये ७० प्रतिशतले सोही स्थानमा मदिरा पिउने यो क्षेत्रका व्यवसायी बताउँछन्। घरमा पिउने भनेको ५/१० प्रतिशतले मात्रै हो। बाँकीले भने पाटिमा पिउँछन। मदिरा पिउनलाई रोक्ने, नियन्त्रण गर्दा सञ्चालनमा रहेको र नयाँ थपिँदै गएका होटल तथा रेस्टुरेन्ट कसरी चल्छ ? पछिल्लो समय नयाँ ठाउँ र क्षेत्रमा रेस्टुरेन्ट खोल्ने क्रम बढ्दै गएको छ। ग्राहकको रोजाइअनुसारको स्थानमा गएर खानपिन गर्न पाउने मानव अधिकारलाई कुन्ठित गर्ने प्रयास पनि गर्न नहुने तर्क यस क्षेत्रका व्यवसायी बताउँछन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा हरेक पर्यटकीय क्षेत्र खुलमखुला हुन्छ। पर्यटकको सेवा र सुविधा कसरी बढाउने, उनीहरूलाई कसरी बढीभन्दा बढी खर्च गराउने भनेर लाग्ने गरिन्छ। हाम्रो भने पर्यटकलाई खर्च गर्नबाट पनि रोक्न खोजिनु भनेको व्यावहारिक नभएको बुझाइ रेवानका अध्यक्ष जैसवालको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.