डोजरको मनोमानीमा कडाइ

डोजरको मनोमानीमा कडाइ

बेनी : सडक निर्माणलाई सहज, छिटो र लागत कम गराउन प्रयोग गरिने हेभी इक्युपमेन्ट (एक्साभेटर र ब्याकुलोडर) प्रयोगका क्रममा देखिएका विकृति न्यूनीकरणका लागि अन्नपूर्ण गाउँपालिकाले नीतिगत पहल थालेको छ। गाउँपालिकाले बजेट विनियोजन गरेका योजनामा प्रयोग हुने हेभी इक्युपमेन्ट कम्पनीलाई सूचीकृत गराई प्रतिस्पर्धाको आधारमा दररेट निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए।

प्रतिस्पर्धा बिना उपकरण प्रयोग गरिँदा सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने, उपभोक्ता समितिले कार्यक्षेत्रमा जाने बाटोमा हिँडेको समेत भाडा तिर्नुपरेको, कमिसनको चलखेल र करको भार पनि समितिमै परेको थियो।

एक्साभेटरको चार हजार सात सय रुपैयाँ प्रतिघण्टा र ब्रेकर प्रयोग गर्दा प्रतिघण्टा थप एक हजार रुपैयाँका दरले कबोल गरेको कैलाश निर्माण सेवाको प्रस्ताव स्वीकृत गरी सोही दररेट निर्धारण गरिएको छ। यसैगरी, ब्याकुलोडरको प्रतिघण्टा दुई हजार ६ सय ५० रुपैयाँ दररेट कायम गरिएको छ। प्रतिस्पर्धामार्फत गत वर्षको तुलनामा हेभी इक्युपमेन्टको प्रतिघण्टा दुईदेखि तीन हजार रुपैयाँसम्म कम दररेट निर्धारण भएको छ। सूचीकृत हुन निवेदन दिएका ८ मध्ये दुई वटाले निवेदन फिर्ता लिएका थिए।

पोखरेबगरस्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले सबैभन्दा कम दर कबोल गर्ने कम्पनीको प्रस्ताव स्वीकृत गरी सोहीअनुसार दररेट निर्धारण गरिएको अध्यक्ष डमबहादुर पुनले बताए। इन्धन, भ्याट, निर्माणस्थलसम्म जाँदा र फर्कंदा लाग्ने खर्च, चालकको भत्ता र खाना खर्च सबै आपूर्तिकर्ता कम्पनीले नै व्यहोर्ने भएको छ। डेढ लाख रुपैयाँ धरौटी लिने र सम्झौताअनुसार काम नगरे जफत गरिने भएको छ। ‘पारदर्शीता, मितव्ययी र दररेटमा एक रूपता कायम गर्न हेभी इक्युपमेन्टको दररेट निर्धारण गरेका हौं’, अध्यक्ष पुनले भने, ‘डोजरवालाको मनोमानी र चुहावट रोक्न नीतिगत पहल थालेका हौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.