कालिकोटमा सरसफाइ अभियान

कालिकोटमा सरसफाइ अभियान

कालिकोट : कालिकोटमा आइतबारदेखि कालिकोट सरसफाइ अभियान सुरु भएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रम दिवसका अवसरमा जिल्ला सरसफाइ अभियान थालनी गरेका हुन्। काम विशेषले गृह जिल्ला पुगेको मुख्यमन्त्री शाहीले यो महिनाको दोस्रो श्रम दिवस पनि कालिकोट सदरमुकाम मान्म बजार सफाइ गरी मनाएका छन्।

खाडाचक्र नगरपालिकाले आयोजना गरेको विशेष सरसफाइ कार्यक्रममा मुखमा माक्स र हातमा कुचो लिएर मुख्यमन्त्री अभियानमा सहभागी भएका थिए। मुख्मन्त्री शाहीसँगै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सभा सदस्य जीवन बुढा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, युवा, व्यापारीलगायतका सरोकारवाला सरसफाई अभियानमा जुटेका थिए।

श्रम गर्न लाज नहुने भन्दै मुख्यमन्त्री शाहीले नालामा भएको फोहोर पन्छाउँदै मान्म बजार जिल्लाका अन्य बजारलाई सफा राख्न स्थानीय तहले अभियानलाई निरन्तरता दिनुपर्ने बताए। प्रदेश सरकारले महिनाको १ गते र १५ गते श्रम दिवस मनाउने निर्णय गरेकाले यसपटक मान्म बजारमा आफूले कुच्चो समाएर श्रम गरेको बताए।

रारा घुम्न जानेहरूको बास बस्ने मुख्य थलो भएकाले कालिकोट सदरमुकाम सँधै सफा राख्नुपर्ने उनको भनाइ थियो। मुख्यमन्त्री जनतासँग अभियान चलाएर प्रत्येक महिनाको दुई दिन जनतासँगै काम गर्ने उनले बताए। यस्तै, उनले बजार तथा पर्यटकीय स्थल सफा सुन्दर भएमा बढी भन्दा बढी पर्यटक आउने भएकाले मान्म बजारका प्रत्येक घरमा गमलामा फूल रोप्न आवश्यक छ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने भएकाले आफूहरू अहिले कालिकोट सरसफाई अभियानमा लागेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.