दासढुंगामा बस र ट्रक ठोक्किँदा १९ घाइते
चितवन : नारायणगढ-मुग्लिन सडक खण्डको दासढुंगामा आइतबार राति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नं को बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक जुधेका थिए।
दुर्घटनामा घाइते भएकाको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ। घाइतेमध्ये छ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ।
बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटना राति ११.२५ बजेतिर भएको हो।