नुवाकोटमा २५ सय एच्आइभी संक्रमित

नुवाकोटमा २५ सय एच्आइभी संक्रमित

नुवाकोट : नुवाकोटमा एचआइभी संक्रमितहरु बढ्दै गएको तथ्य त्रिशूली प्लस संस्थाले सार्वजनिक गरेको छ। संस्थाले गत १० वर्षदेखि नुवाकोटमा एचआइभी संक्रमितहरुको पहिचान, हेरचाह र परामर्श गर्दै आएको छ। 

संस्थाले सार्वजनिक गरेको तथ्यांकमा एचआइभी संक्रमितहरुको संख्या महिनैपिच्छे बढ्दै गएको पाइएको छ। नुवाकोटमा २५ सय एचआइभी संक्रमित रहेका संस्थाले जनाएको छ। त्यसमध्ये पाँचसय २५ जना पहिचान भइसकेका छन्। 

पहिचान भएका मध्ये तीनसय ८८ जनाले एचआइभी संक्रमण न्यूनीकरणको एआरटी नामक औषधि नियमित रुपमा सेवन गरिरहेको सो संस्थाकी कार्यक्रम संयोजक पूजा भण्डारीले बताइन्। सो औषधि नियमित रुपमा सेवन गर्नेमा ३० जना बालबाालिका, एकसय ७४ महिला र पुरुष १ सय ८४ रहेको छन्। 

तीमध्ये एकसय २१ जनाले नुवाकोट जिल्ला अस्पताल त्रिशूलीबाट र अन्यले काठमाडौबाट सो औषधि निःशुल्क पाएर सेवन गरिरहेका छन्।  खराव संगत तथा समयमै उचित सावधानी नअपनाउनाले एचआइभी संक्रमितहरु बढिरहेको तथ्य फेला परेको त्रिशूली प्लसले जनाएको छ। 

यस संस्थाले एचआइभी-एड्सलाई न्यूनीकरण गरी शून्यमा पु¥याउने लक्ष्य राखेको छ।   संस्थाले सेभ द चिल्ड्रेनको सहयोगमा राष्ट्रिय एचआइभी÷एड्स महासंघसंगको सहकार्यमा एक दशकदेखि एचआइभी÷एड्सले आक्रमण गरेकालाई समुदायमा हेरचाह, परामर्श तथा उपचार गर्दै आएको छ। 

एचआइभी संक्रमितहरु मध्ये जिल्लाभरि सबैभन्दा बढि महिला रहेका छन्। नुवाकोटको छिमेकी रसुवामा पनि चारसय एचआइभी संक्रमित रहेको त्रिशूली प्लसले अनुमान गरेको छ। 
  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.