पाँच वर्षमा रोल्पा नगर बालविवाह मुक्त हुने

पाँच वर्षमा रोल्पा नगर बालविवाह मुक्त हुने

रोल्पा : वि.सं. २०८० सम्म रोल्पा नगरपालिकालाई बाल विवाह मुक्त घोषणा गरिने भएको छ। बाल विवाह मुक्त नगर बनाउन रोल्पा नगरपालिकाले पञ्चवर्षीया रणनैतिक योजना निर्माण गर्दै छ। ‘समाजको विकासमा बाल विवाह बाधक भएकाले नगरपालिकाले बाल विवाह अन्त्य गर्न रणनैतिक योजना निर्माण आवश्यक ठानेको हो।’, रोल्पा नगरपालिकाका मेयर पुरण केसीले भने, ‘नगरमै बाल विवाहको समस्या देखिएको छ।’

साविकका गाविस लिबाङ, खुमेल, धबाङ, ह्वामा, जंकोट र कोटगाउँ पुरै र जेदबाङ र कोर्चाबाङका केही वडा मिलाएर रोल्पा नगरपालिका बनाइएकाले नगरका धेरै गाउँ विकट र दुर्गम छन्। यी गाउँमा बाल विवाह धेरै हुने गरेको छ। सदरमुकाम लिबाङ रहेको बजार क्षेत्रमै बाल विवाह हुने गरेको तथ्यांकले देखाउँछ। 

२०६८ को जनगणना अनुसार ३२ हजार ७ सय ५९ जनसंख्या रहेको नगरपालिमा ९ हजार ३ सय २१ किशोरकिशोरी छन्।  वि.सं. २०६८ को जनगणनामा जिल्लामा ३०.१४% किशोरीहरुले २० वर्ष नपुग्दै विवाह गरेको देखिएको छ। बालविवााह के कति छ भन्ने यकिन तत्यांक भने छैन। जिल्ला स्वास्थ्य कार्यालयको अभिलेख अनुसार गर्भ जाँच गर्न आउने महिलामा २० प्रतिशत २० वर्ष मुनिका छन्। यसले पनि नगरमा बाल बिबाह रहेको देखाउँछ। 

सिनियर अहेव कुलबहादुर डाँगीका भन्छन्, ‘नगरपालिकामै बाल विवाह धेरै छ। रेउघा, थलिबाङ, काप्रेखर्कका समुदायले विगत केही वर्षदेखि बाल बिबाह अन्त्यको अभियान चलाउँदै आएका छन्।’ कतिपयको बाल विवाह बदर नै गरियो। जिल्ला प्रहरी कार्यालयमा बाल विवाह विरुद्धको मुद्दासमेत दायर गरियो।

बाल विवाह मुक्त नगर बनाउन पञ्च वर्षीय रणनैतिक योजना बनाउनका लागि कार्य दल गठन गरिएको छ। कार्य दलले रणनैतिक योजना निर्माणको कार्यलाई अन्तिम चरण पुर्याएको कार्यदल सदस्यसमेत रहेका जलजला क्याम्पसका उपप्रध्यापक पुनमगरले जनाए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.