हराएको १३ दिनपछि महिलाको शव भेटियो

हराएको १३ दिनपछि महिलाको शव भेटियो

अर्घाखाँची : अर्घाखाँची घर्तीखोरमा पुस ४ गते घरबाट हराएकी एक महिलाको शव १३ दिनपछि भेटिएको छ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ घर्तीखोर निवासी ४३ वर्षीय  विष्नी खड्का पुस ४ गते साँझ ८ बजे हराएकी थिइन्।

   
हराएको १३ दिन पछि स्थानीय एक महिला बाख्रालाई घाँस काटन जंगल गएको बखत देखेर स्थानीयलाई खवर गरेकी हुन्।  घटनाको  जानाकारीपछि जिल्ला प्रहरी कार्यालयबाट प्रनाउ  प्रमुख नवराज मल्लको टोली घटनास्थलमा पुगेको थियो। 

 भारतमा नोकरी गर्ने  आफ्ना श्रीमानले पठाएको पैसा सन्धिखर्क बाट बुझेर घर पुगेको खबरसमेत गर्न भ्याएकी   उनी मध्यरातमा  बेपत्ता भएकी थिइन्। राति बजिरहेको रेडियो, सुस्तमनस्थि भएको एक छोरालाई  घरभित्रै छोडेर ढोकासमेत बन्द नगरेको अवस्थामा उनी बेपत्ता भएकी थिइन्। 

बेपत्ता भएको साँझ ७ बजे बुबासँग इमोमा कुरा गरेकी थिइन्। प्रहरीले उनको हत्या भएको आशंका गरेको छ। प्रहरीले निजको मोबाईलको कल डिटेलसहित अनुसन्धान सुरु गरेको मल्लले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.