बंगलादेश निर्वाचन : हसिनाको एकलौटी

बंगलादेश निर्वाचन : हसिनाको एकलौटी

ढाका : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजयी भएकी छन् । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ । प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३ सय सदस्यीय संसद्मा २८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ७ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्ष समेत रहेकी हसिना चौथोपटक प्रधानमन्त्री बन्ने भएकी छिन् । आइतबारको चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो । विपक्षीहरूले चुनाव निष्पक्ष रूपमा सम्पन्न हुन नसकेको र राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन् ।

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बीएनपीले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । ‘हामी स्वतन्त्र सरकारको नेतृत्वमा जतिसक्दो चाँडो नयाँ निर्वाचन गर्न माग गर्दछौं’, विपक्षी दलको गठबन्धनको नेतृत्व गरेका कमल हसनले भने ।

चुनाव हुनु अघिदेखि नै बंगलादेशमा हिंसात्मक झडप भइरहेका थिए । सरकारले सुरक्षा व्यवस्था सुदृढ गर्न ६ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरे पनि हिंसात्मक घटना भएका थिए ।

मतदानका दिन अवामी लिग र बीएनपीका कार्यकर्ताबीचको झडपमा १३ जनाको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर थप तीनजनाको मृत्यु भएको थियो । बीएनपीका प्रवक्ता सइद मोजेम हसन अलालले कुल ३ सय स्थानमध्ये २२१ स्थानमा धाँधली भएको आरोप लगाए ।

प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको बताउँदै चुनाव स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न भएको दाबी गरेकी छिन् ।

पुनः निर्वाचन गराउन अस्वीकार

बंगलादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ । धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरे पनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुदाले पुनः निर्वाचन गराउन अस्वीकार गरेका हुन् ।

हुदाले निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भएको दाबी गरे । निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको आयोगले बताएको छ । बंगलादेश निर्वाचन आयोगका प्रवक्ता एस.एम. असादुज्जमानले भने, ‘हामीले पुनः निर्वाचन गराउँदैनौं । अर्को निर्वाचन तत्काल गराउनुपर्ने कुनै कारण छैन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.