'२०१९ मा 'समृद्ध नेपाल र सुखी नेपाली' महाअभियान उचाइमा पुग्छ'

'२०१९ मा 'समृद्ध नेपाल र सुखी नेपाली' महाअभियान उचाइमा पुग्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।  इस्वी संवतको नयाँ वर्ष २०१९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने दाबी गरेका हुन्।

 'निर्वाचनमार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक-पटक संकल्प गरेको छु, जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन। प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् 'सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु।'
 

प्रधानमन्त्री ओलीले सन् २०१८ संविधानकार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भन्दै यो राजनीतिक उपलब्धिको वर्ष भनेका छन् । 'जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो' प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ 'सङ्क्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल-सुखी नेपाली'को संकल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौं।' २०१८ राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सफल भएको प्रधानमन्त्रीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.