एउटै खेलमा १० गोल
काठमाडौं : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार एकै खेलमा १० गोल भएको छ। जारी लिगमा सर्वाधिक गोल भएको यो पहिलो खेल हो । लिगअन्तर्गत एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा कमजोर टोली मच्छिन्द्र र एनआरटी क्लबले ५-५ गोलको बराबरी खेल्र्दै अंक बाँडेका छन्।
बराबरीसँगै १२ खेलबाट सात अंक बनाएको मच्छिन्द्र १३औं स्थानमा छ। ६ अंक बनाएको एनआरटी अन्तिममा छ। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी जाउलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीपछि २२ अंक बनाएको आर्मी चौथो स्थानमा छ। जाउलाखेल १२ अंकका साथ नवौं स्थानमा छ।
अर्को खेलमा ब्रिगेड ब्वाइजले फ्रेन्ड्स क्लबलाई ३-० गोलले हरायो । ब्रिगेडको जितमा काजिम बाुसारीले १६औं र ४६औं तथा कारिम नसिहाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । जितसँगै नौ अंक बनाएको ब्रिगेड ११औं स्थानमा छ । यसअघि नौ अंक बनाएको फ्रेन्ड्स १२औं स्थानमा छ ।