सरकारले देशको बेइज्जत गरायो : पूर्वमन्त्री बलायर

सरकारले देशको बेइज्जत गरायो : पूर्वमन्त्री बलायर

दाङ : पूर्वमन्त्री बीरबहादुर बलायरले वर्तमान सरकारले नेपालको अन्तरष्ट्रियस्तरमा बेइज्जत गराएको आरोप लगाएका छन्। उनले पछिल्लो समय भएका केही सरकारी गतिविधिका कारण नेपालको अन्तराष्ट्रिय जगतमा बइज्जत भइरहेको बताए। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बलायरले इन्डोनेसियामा भएको दु:खत घटनामा राज्यले दिएको सन्देशले विश्वभरी नै नकारात्मक सन्देश गएको बताए।

सामाजिक सञ्जालमा प्रधान्मन्त्रीलाई गाली गरेको आरोपमा धेरै व्यक्ति समातेर जेल हालिएको छ, तर सरकार आफैंले समवेदना दिने र दु:ख मनाउने ठाउँमा बधाई दिएर विश्वलाई हँसाएको छ, बलायरले भने, 'यस्तो गर्ने सरकारका प्रमुखलाई जेल हाल्न सक्नुपर्छ, सामाजिक सञ्जालमा लेख्नेलाई हैन।'

देशको बेइज्जत गराउनेलाई नेपाली नछोड्ने बताए।उनले सरकारको हर्कत यस्तै भइराखे सरकारका विरुद्धमा जनआन्दोलन हुने बताए। नेपाली कांग्रेस क्षेत्र नं ३ दाङले तुलसीपुरमा मंगलबार आयोजना गरेको कार्यकता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री बलायरले त्यस्तो बताएका हुन्। 

बलायरले अहिलेको सरकारको नेतृत्व गर्ने डेरामा बसेको र घरभेटिसँग जोरी खोजिरहेको बताए। 'डेरामा बसेर घरबेटीसँग जोरी खोज्ने काम अहिले भइरहेको छ, उनले भने यो कति सान्दर्भिक हुन्छ। यस्ताले देशको हितमा कसरी काम गर्लान्। 

यसमा सबैभन्दा अगाडी माओवादी अध्यक्ष प्रचण्ड रहेको बताए। प्रचण्ड जी, केपी ओली जीको घरमा डेरा बस्नु भएको छ, उहाँकै बढी चुरीफुरी देखिन्छ, बलायरले भने। उनले जनता घरभेटि भएको र सत्ता सञ्चालन डेरावाला भएको भन्दै जनअपेक्षा अनुसार काम वर्तमान सरकारले नगरेकाले जनताले जतिबेला पनि घरबाट निकाल्न सक्ने बताए । 

उनले कांग्रेस अब एक भएर जानुको विकल्प नरहेको भन्दै आफ्नो संगठन सुदृढीकरणका लागि लाग्नु‍पर्ने बताए। पाटीभित्र भएका गुटउपगुटलाई थाती राखेर संगठन निर्माण र निर्वाचनमा खट्न समेत आग्रह गरे।

अहिलेको विधान समावेशी भएको भन्दै उनले यसलाई अझ राम्रो बनाउन सकिने बताए। विधानमा केही नकारात्मक पनि छ तर धेरै सकारात्मक भएकाले सबैले स्वीकार गरेर जान सक्ने भएको हो।

उनले पार्टी सभापति बलियोनै हुनुपर्ने भन्दै सभापतिको अधिकार बढाउनुपर्ने बताए। आफू बलियो बन्नलाई गुट निर्माण गरी पार्टी कमजोर हुने अवस्था अबका दिनमा आउन दिन नहुने उनले बताए।

यहाँ व्यक्ति बलियो हुने पार्टी कमजोर हुने काम भइरहेको छ। अब व्यक्ति कमजोर तर पाटी बलियो बनाउन सबै लाग्नु पर्छ। परम्परागत रुपमा पार्टी नचल्ने भन्दै नयाँ ढंग र प्रक्रिया पार्टीमा अबलम्बन गरिनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.