बन्दुकसहित पक्राउ

बन्दुकसहित  पक्राउ

सिरहा : प्रहरीले पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ४ बाट मंगलबार बिहान २ बजे एकजनालाई एसएमजी (सर्ट मेसिन गन) सहित पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा धनगढीमाइ नगरपालिका ११ छपराडी बस्ने ४६ वर्षीय चतुर नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए।

संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाका संयुक्त प्रहरी टोलीले सवारी साधन तथा मानिस रोकी चेकजाँचको क्रममा हतियारसहित चौधरी पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट एसएमजी गन १ थान, म्यागजिन २ थान, ५ राउण्ड गोली, २ थान सिम बरामद गरेको छ।  प्रहरीले चौधरी सवार स ५प ३७४१  नम्बरको वाइबियार मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ प्रहरीले जनाएको छ।
 
एसपी श्रेष्ठका अनुसार हतियारसहित पक्राउ परेका चौधरीको साथबाट स्वतन्त्र तराई निर्माण सेना, केन्द्रीय ब्युरो लेखिएको पर्चा पनि फेला भएको छ। यसअघि पुस  ८ गते गोलबजारमा प्रेसर कुकर बम फेला परेको थियो।त्यहाँ पनि स्वतन्त्र सेनाको पर्चा भेटिएको थियो।पक्राउ परेका चौधरीलाई हातहतियार तथा खरखजना मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.