संसदीय सुनुवाइमा चोलेन्द्रका दर्जन ‘पोज’
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबारको सुनुवाइ सकिएलगत्तै समितिले राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो।
संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले भने, ‘निर्णयको जानकारी सम्बन्धित निकायमा पठाउने निर्णय भयो।’
संसदीय सुनुवाइ समितिले संवैधानिक समितिको सिफारिस स्वीकृत गरेमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ। अब राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन्।
गत मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ विशेष समितिमा सांसदले सोधेका प्रश्नको जवाफ जबराले मंगलबार दिएका हुन्। जवाफ दिने क्रममा राणाका हाउभाउलाई अन्नपूर्णका फोटो पत्रकार विकास कार्कीले यसरी कैद गरे :