वीरगन्जमा प्लाष्टिक र हर्न प्रयोगमा रोक

वीरगन्जमा प्लाष्टिक र हर्न प्रयोगमा रोक

वीरगन्ज : वीरगन्ज महानगरलाई फोहोर मुक्त बनाउन भन्दै मंगलबारदेखि प्लाष्टिक र हर्न प्रयोगमा रोक लगाइएको छ। 

मंसिर १८ गते बसेको वीरगन्ज महानगरको कार्यपालिका बैठकले पुस १७ गतेदेखि प्लाष्टिक र हर्नमा रोक लगाउने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका क्रममा मंगलबारदेखि प्लाष्टिक प्रयोग र हर्न बजाउन रोक लगाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भिष्मकुमार भुषालले जानकारी दिए। 

महानगर क्षेत्रमा ३० माइक्रोन भन्दा तलका प्लाष्टिक र प्लाष्टिक जन्य वस्तुको विक्री वितरणमा रोक लगाएको छ। 

यस्तै प्लाष्टिकका कप र गिलासको प्रयोगमा भने पूर्ण रुपमै बन्देज लगाइएको छ। घरबाट निस्किने प्लाष्टिकजन्य फोहोर बाहिर सडक वा नालामा नफाली घर भित्रै व्यवस्थापन गर्न महानगरपालिकाको कार्यालयले नगरवासीमा अपिल गरेको छ। 

वीरगन्ज महानगरपालिकाको कार्यालयले प्लाष्टिक जथाभावी फाल्नेको तस्बिर  खिचेर महानगरपालिकालाई उपलब्ध गराउने व्याक्तिलाई असुल हुने जरिवानाको २५ प्रतिशत रकम दिने घोषणा पनि गरेको छ।

अटेरी गर्नेलाई वीरगन्ज महानगरपालिकाको कार्यालयबाट प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने मेयर विजय सरावगीले  चेतावनी दिए।

अभियानको पहिलो दिन मंगलबार बिहान महानगरपालिकाका ३२ वटै वडामा जनचेतनासहित सरसफाइ गरिएको छ।  घण्टाघर चोकमा कार्यक्रमका सहभागीले सवारी साधनका चालकलाई सडकमा रोकेर अब हर्न नबजाउन अनुरोध गरेका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.