२०१८ मा बलिउडमा भएका विवाद यस्ता छन्

२०१८ मा बलिउडमा भएका विवाद यस्ता छन्

सन् २०१८ मा विभिन्न विवादले बलिउडलाई तताइरह्यो। फिल्मको नाम,  रिलिज, ‘ह्यासट्याग मी टू’ अभियान लगायतले बलिउड सेलिब्रिटीलाई विवादमा तानिरह्यो। याे वर्ष बलिउडमा भएका  विवाद यस्ता छन्।

दीपिकाको नाक काट्ने धम्की
अभिनेत्री दीपिका पादुकोण, अभिनेता रणवीर सिंह, शाहिद कपुर अभिनीत फिल्म ‘पद्मावत’ वर्षको विवादित फिल्म बन्यो। चित्तौडकी महारानी रानी पद्मिनीको चरित्रलाई निर्देशक सञ्जय लीला भन्सालीले गलत रूपमा प्रस्तुत गरेको भन्दै श्री राजपुत करणी सेनाले विरोध गरेको थियो। आक्रोशित करणी सेनाले एक स्कुल बसमा आगो लगाएका थियो भने दीपिका पादुकोणको नाक काट्ने धम्कीसमेत दिएको थियो।

ह्यासट्याग मी टू अभियान
मी टू अभियानले बलिउडमा तहल्का नै मच्चायो। पूर्व मिस इन्डिया र अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरविरुद्ध यौन हिंसाको आरोप लगाएकी थिइन्। सुटिङकका क्रममा नानाले आफूसँग यौन दुव्र्यवहार गरेको उनले बताएकी थिइन्। यसपछि आलोक नाथ, अनु मलिक, कैलाश खेर, विवेक अग्निहोत्री, विकास बहललगायत थुप्रै अभिनेता, निर्देशक, निर्मातामाथि यौन शोषणको आरोप लाग्यो।

मजाक गर्दा फसे अक्षय
आफू निर्णायक भएको कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा अर्की निर्णायक मल्लिका दुआसँग मजाक गर्दा अभिनेता अक्षय कुमार विवादमा तानिए। सोमा अक्षयले मल्लिकासँग ‘तिमी घण्टी बजाऊ, म तिमीलाई बजाउँछु’ भनेर मजाक गरेका थिए। उनको यस मजाकबाट मल्लिकाका बुबा विनोद दुआ रिसाए। र, उनले सामाजिक सञ्जालमा अक्षयविरुद्ध आक्रोश पोखे। उनले अक्षयलाई ‘मूर्ख’ समेत भने। यसपछि सामाजिक सञ्जालमा अक्षयको खूब आलोचना भयो।

स्वराको खरो टिप्पणी 
रिलिज भएपछि फिल्म ‘पद्मावत’ ले चारैतिरबाट प्रशंसा बटुल्न थाल्यो। तर, अभिनेत्री स्वरा भास्कर विपरीत प्रतिक्रिया दिइन्। उनले फिल्म हेरेपछि आफू योनि मात्र भएको महसुस भइरहेको अभिव्यक्ति सामाजिक सञ्जालमा पोखिन्। ‘एकल महिला, दुष्कर्मपीडित, युवती, वृद्धा, गर्भवती वा कुनै किशोरीलाई बाँच्ने अधिकार छ कि छैन ? भन्ने प्रश्न यस फिल्मले खडा गरेको छ।’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। यसपछि उनी ट्रोल भइन्। धेरैले उनको मजाक उडाए। 

भाषाको अपमान 
अभिनेता सिद्धार्थ मल्होत्राले एक टिभी रियालिटी सोमा भोजपुरी भाषाबारे केही गलत शब्द भनेका थिए। जसले धेरै विवाद बल्झाएको थियो। उनलाई सामाजिक सञ्जालमा ट्रोल गरियो। अभिनेत्री नीतू चन्द्रा, भोजपुरी कलाकार खेसारीलाल यादव, गायक÷नेता मनोज तिवारीले चर्काे आलोचना गरेका थिए। ‘भोजपुरी हाम्रो मातृभाषा हो,’ मनोज तिवारीले भनेका थिए, ‘कसैले यसको अपमान गर्छ भने त्यो सहनीय हुँदैन।’ मातृभाषाविरुद्ध बोले प्रहरीमा उजुरी दिनेसमेत तिवारीले बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.