२०१८ मा सय करोड कमाइ नाघ्ने दश फिल्म

२०१८ मा सय करोड कमाइ नाघ्ने दश फिल्म

पद्मावत

फिल्म ‘पद्मावत’ व्यावसायिक रूपमा सफल रह्यो। यसले तीन सय करोड रुपैयाँभन्दा बढी कमायो।

सोनु के टीटु की स्विटी

यस कमेडी फिल्ममा नुसरत भरुचा र कार्तिक आर्यनको अभिनयको खूब प्रशंसा भयो। यसले पनि सय करोड रुपैयाँभन्दा बढी कमाइ गर्‍यो। जबकि, फिल्मको लागत ३० करोड रुपैयाँ मात्र थियो।

रेड
अभिनेता अजय देवगन र अभिनेत्री इलियाना डिक्रूज अभिनीत फिल्म ‘रेड’ले भारतीय बक्स अफिसमा १ सय ३ करोड रुपैयाँ कमायो। सत्य घटनामा आधारित यस फिल्ममा अजय इनकम ट्याक्स अफिसर बनेका थिए।

बागी–२
अभिनेता टाइगर श्रोफ र अभिनेत्री दिशा पटानी रहेको एक्सन थ्रिलर फिल्मले पनि राम्रो व्यापार ग¥यो। यसले १ सय ६४ करोड रुपैयाँजति कमायो।

राजी
अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा रहेको फिल्म ‘राजी’ सत्य घटनामा आधारित फिल्म हो। सन् १९७१ मा भारत–पाकिस्तान युद्धका क्रममा फिल्ममा आलिया भारतका तर्फबाट जासुस बनेकी छिन्। फिल्म सय करोड क्लबमा सामेल हुन सफल भयो।

रेस–३
फिल्म ‘रेस’ को तेस्रो संस्करणका रूपमा रहेको फिल्ममा सलमान खान, अनिल कपुर, बबी देओल, ज्याकलिन फर्नान्डिज, डेजी शाहको अभिनय छ। सोचेजस्तो प्रतिक्रिया नपाए पनि फिल्मले १ सय ६६ करोड रुपैयाँ कमायो।

संजु
अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘संजु’ व्यावसायिक रूपमा वर्षको सफल फिल्म बन्यो। अभिनेता रणवीर कपुर मुख्य भूमिकामा रहेको फिल्मले लगभग साढे तीन सय करोड रुपैयाँ कमायो।

गोल्ड
अभिनेता अक्षय कुमारको फिल्म ‘गोल्ड’ सन् १९४० को समयको सत्य घटनामा आधारित फिल्म हो। फिल्ममा अक्षय हकी कोच बनेका छन्। फिल्म सय करोड क्लबमा सामेल हुन सफल भयो।

स्त्री
अभिनेत्री श्रद्धा कपुर र अभिनेता राजकुमार राव अभिनीत हरर कमेडी फिल्म ‘स्त्री’ले १ सय २९ करोड रुपैयाँको कारोबार गर्‍यो।

बधाई हो
लगभग २५ करोड रुपैयाँ लागतमा बनेको फिल्म ‘बधाई हो’ ले दुई सय करोड रुपैयाँभन्दा बढीको व्यापार गर्‍यो। फिल्ममा आयुषमान खुराना, सान्या मल्होत्रा, नीना गुप्ता र गजराज रावको अभिनय छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.