च्यासलमाथि सरस्वतीको रोचक जित : पुलिसलाई एपीएफको चार गोल

च्यासलमाथि सरस्वतीको रोचक जित : पुलिसलाई एपीएफको चार गोल

काठमाडौं : पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार सातदोवाटो स्थित एन्फा मैदानमा भएको खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २-१ गोलले पराजित गरेको छ। 

प्रतिस्पर्धात्मक खेलमा च्यासलले सुरुवाती अग्रता लिएपनि अन्तिममा हार खेपेको थियो। पहिलो हाफमा १-० गोलले अघि बढेको च्यासल दोस्रो हाफको अन्तिममा निरिह बन्यो। च्यासलका लागि १४ औं मिनेटमा सजिन थापामगरले गोल गरेका थिए।

सरस्वतीले दोस्रो हाफको अन्तिममा दुई गोल गर्दै खेल फर्काएको थियो। सरस्वतीका मनिष थापाले ८६ औं र फ्रान्सिस ओनएमाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चत पारेका थिए। 

जितसँगै १३ अंक बनाएको सरस्वती नवौं स्थानमा उक्लिएको छ। १५ अंक बनाएको च्यासल आठौं स्थानमा छ। 

लिग अन्तर्गत विभागीय टोली दुई पुलिसको डर्बीका एपीएफले बाजी मारेको छ। हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा मंगलबार भएको खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ४-१ गोलले हरायो। घरेलु मैदानमा शसक्त प्रदर्शन गरेको एपीएफको जितमा राजेन्द्र रावलले २०औं मिनेटमा खाता खोले।

पुलिसमाथि एकपछि अर्को आक्रमण गरेको एपीएफका लागि २८औं मिनेटमा हरि कार्कीले दोस्रो गोल गरे। युवराज खड्काले ४३औं र ८४औं मिनेटमा ब्यक्तिगत दुई गोलगर्दै एपीएफको जित सहज बनाएका थिए। 

खेलभर एपीएफको दबाब झेलेको पुलिसले पहिलो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो। पुलिसका सजिन थापामगरले गोल गरेका थिए। जितसँगै १२ खेलबाट २० अंक बनाएको एपीएफ पाँचौं स्थानमा उक्लिएको छ। यसअघि १८ अंक बनाएको नेपाल पुलिस छैटौं स्थानमा छ।

उपाधि दौड सकिएको लिगमा १२औं चरणका खेल बुधबार सकिनेछ। दुई खेल अघिनै मनाङ अपराजित रहँदै च्याम्पियन बनिसकेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.