धादिङ जिप दुर्घटना : दुई घण्टासम्म गम्भीर घाइते चौरमै छटपटाए

धादिङ जिप दुर्घटना : दुई घण्टासम्म गम्भीर घाइते चौरमै छटपटाए

धादिङ : उत्तरी धादिङको नेत्रावती गाउँपालिका ५ विहारथोकमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ।

काठमाडौंबाट खनियावास गाउँपालिकाको डुुण्डुरेतर्फ जाँदै गरेको ना १ ज ७३९० नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनाका घाइते अपिल खनालको अनुसार तीव्र गतिमा रहेको जिप ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो। 

दुर्घटना लगत्तै केही घाइतेका आफन्तले हेलिकप्टरमार्फत् घाइतेलई काठमाडौं लगे। उता एम्बुलेन्सबाट जिल्ला अस्पताल ल्याएका गम्भीर घाइतेलाई थप उपचारका लागि पठाउन खोज्दा चार्टर गरेको हेलिकप्टरले नमानेपछि चौरमै छटपटाउन बाध्य भए।  

खनियावास गाउँपालिका शंकर तामाङ २ घण्टासम्म चौरमा छट्पटिरहे। अपरान्ह २ बजे दुर्घटना भएको थियो। बल्लतल्ल चार बजे जिल्ला अस्पताल ल्याइएका घाइतेलाई साँझ ६ बजेमात्र हेलिकोप्टरबाट काठमाडौं लगिएको हो।प्रमुख जिल्ला अधिकारीले पटक पटक आग्रह गर्दा पनि चार्टर हेलिकोप्टर घाइतेलाई चौरमै छोडेर उडेको थियो। 

पछि जिल्ला प्रशासन र प्रहरीको समन्वयमा नेपाली सेनाको नाइटभिजन हेलिकप्टर मगाएर जिल्ला अस्पताल ल्याइएका ७ घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। 

अर्को हेलिकप्टर मगाएर पठाउनु पर्दा केही समय बढी लागेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए।

दुर्घटनामा घाइते भएका विमला परियार, बाबुरामप्रसाद रिजाल, शिल्पा तामाङ, शंकर तामाङ, कुमार लामा, बुद्धि लामा र लिलाकुमारी तामाङलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको हो। 

कपील खनाल र दुलाल तामाङको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ।

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.