जलवायु सम्मेलनमा वातावरणीय चासो

जलवायु सम्मेलनमा वातावरणीय चासो

सिन्धुपाल्चोक : जलवायु विज्ञहरुले सिन्धुपाल्चोकमा प्रतिवर्ष शुन्य दशमलव तीन डिग्री सेल्सियसका दरले यहाँको तापक्रम बढ्दै गएको तथ्य सार्वजनिक गरेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेको गुफाडाँडामा सम्पन्न जलवायु सम्मेलनका सहभागी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै विज्ञले पछिल्लो एक दशकमा जिल्लाको तापक्रम बढ्दो क्रममा रहेको तथ्य सार्वजनिक गरेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ डा. मदनलाल श्रेष्ठका अनुसार जिल्लामा भएको पछिल्लो एक दशकको अनुसन्धान अनुसार जिल्लाको तापक्रम बढ्दो र वर्षाको मात्रा घट्दो क्रममा छ । गर्मी भन्दा जाडो मौसममा तापक्रम वृद्धि हुने उनले बताए । उनका अनुसार जाडो याममा औसतमा शुन्य दशमलव चार डिग्री सेल्सियसले तापक्रम बढ्दै आएको छ । जिल्लामा कुल वर्षात्को ८२ प्रतिशत पानी वर्षाको मौसममा र १८ प्रतिशत मात्र हिउँद याममा पर्ने गरेको श्रेष्ठले बताए ।

जलवायु परिवर्तनका कारण हिमालमा हिउँ विना मौसम पग्लँदा पानीको स्रोतमा कमी आएको र प्राकृतिक पानीको मुहान सुक्ने गरेकाले समस्या बढ्दै गएको श्रेष्ठको तर्क छ । जलवायु परिवर्तनको कारण सुख्खापन बढ्दै जाँदा कृषि उत्पादनमा समेत समस्या आएको उनको तर्क थियो । जिल्लामा जस्तै नेपालमा औसत रुपमा शुन्य दशमलव चार डिग्री सेल्सियसले तापक्रम बढेको तथ्यांक उनले सुनाए । विकसित मुलुकमा हुने कार्वन उत्सर्जनका कारण नेपालले जलवायु परिवर्तनको समस्या भोग्नु परेको त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक केदार रिजालले बताए ।

रिजालका अनुसार जलवायु परिवर्तनबाट पर्ने प्रभावलाई कम गर्न भुगोल अनुसारको अनुकुलन योजना आवश्यक छ । ‘हिमाली गाउँको पानीको मुहान सुक्नु र तराइको भूमिगत पानीको स्रोतमा कमी आउनुको कारण फरक हुन्छ’, रिजालले अन्नपूर्णसँग भने, ‘जलवायु परिवर्तनबाट पर्ने असरको अनुकुलन योजनाका लागि कारण पत्ता लगाउनु प¥यो र अध्ययन अनुसन्धानपछि निराकरणको उपाय खोज्नु प¥यो ।’

विकसित राष्ट्रहरुले विकासशील मुलुकलाई ‘कार्वन ट्रेड’ वापत विश्व बैंक मार्फत केही रकम आउने भए पनि नेपालमा यसबाट खासै उपलब्धि नदेखिने प्राध्यापक प्रमोदकुमार झाले बताए ।

विकसित राष्ट्रहरुले कार्वन उत्सर्जन र विकासशील राष्ट्रले सञ्चित गरेवापत अनुदानकै रुपमा क्षतिपुर्ति पाउँदा मात्र जलवायु न्याय हुने उनको तर्क छ । साथै सरकारले जलवायु परिवर्तनको क्षेत्रमा पारदर्शी रुपमा काम गर्न नसकेको गुनासो उनको छ ।

जलवायु परिवर्तनकै कारण केही वर्षअघि हिउँले भरिएका हिमाल अहिले कालो पहाडमा रुपान्तरण भएकाले अनुकुलन योजना निर्माणसँगै प्रभावकारी कार्यान्वयन नभए अबका पुस्ताले प्राकृतिक स्रोतको अनुभव गर्न नपाउने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताए । जलवायु परिवर्तनबाट पर्ने प्रभाव कम गर्ने गरी अनुकुलन योजना निर्माणमा सघाउ पु¥याउने उद्देश्यले गुफाडाँडामा भएको राष्ट्रिय सम्मेलन १० बुँदे गुफाडाँडा घोषणापत्र जारी गर्दै मगलबार सम्पन्न भएको छ ।

घोषणापत्रमा जलवायु परिवर्तनबाट हुने जोखिम न्युनिकरणका लागि स्थानीय स्तरमा अनुकुलन योजना निर्माण र कार्यान्वयन तथा विकासका क्रममा प्रकृतिको संरक्षण लगायतका विषय समेटिएको छ । जलवायुमैत्री विकास योजना अघि बढाउन घोषणापत्रमा माग गरिएको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिने दोर्जेलाक्पा, थाङ्पालछ्यो, जुगल हिमश्रृंखला, लाङटाङ लगायत हिमालको दृश्यावलोकन गर्न सकिने दुई हजार पाँच सय मिटर उचाइमा आयोजना गरिएको सम्मेलन सोमबार राष्टपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । जिल्ला समन्वय समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको व्यवस्थापनमा सम्मेलन आयोजना भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.