पोखरा कप माघ तेस्रो साता

पोखरा कप माघ तेस्रो साता

पोखरा : मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता माघ तेस्रो सातादेखि पोखरा रंगशालामा हुने भएको छ । पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले माघको १५ देखि २६ गतेसम्म प्रतियोगिता हुने जनाएको छ ।

पोखरा कपको पाँचौं संस्करणपछि दुई वर्षसम्म स्थगित प्रतियोगिताले पुनः निरन्तरता पाएको हो । प्रतियोगितामा जापान, भारत र क्यामरुन गरी तीन विदेशी टोलीहित १२ टोलीको सहभागिता रहने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले सात लाख ५५ हजार रुपैयाँ पाउनेछन् । यसअघि प्रतियोगिताभन्दा पुरस्कार राशि दुई लाख बढी हो । यसैगरी उपविजेताले चार लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा विधागत रूपका उत्कृष्ट खेलाडीले जनही २५ हजार पुरस्कार पाउनेछन् ।

यस वर्षदेखि प्रतियोगिताको अवसरमा फुटबलमा योगदान दिने एकजना खेलाडीलाई सम्मान गर्दै एक थान मोटरसाइकल दिने पनि घोषणा गरेको छ । प्रतियोगिता सञ्चालन गर्न एक करोड १७ लाख लाग्ने र प्रतियोगिताबाट एक करोड २८ लाख ५० हजार आम्दानी हुने आयोजकको विश्वास छ । बचत भएको रकम फुटबलको विकासमा खर्च गरिने पनि अध्यक्ष गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.