'जोशी श्रीमानले बाहिरिनु राम्रो हुन्छ, अब पेशी तोक्दिनँ'

'जोशी श्रीमानले बाहिरिनु राम्रो हुन्छ, अब पेशी तोक्दिनँ'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई अबदेखि पेशी नतोक्ने बताएका छन्। सर्वोच्च अदालतमा पदबहालीपछि पत्रकार भेटघाटमा नवनियुक्त प्रधानन्यायाधीश राणाले संसदीय समितिको सम्मानको लागि आफूले 'कठोर र गम्भीर निर्णय लिएको' बताए।

त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्। शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार आयोजना गरिएको विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सर्वोच्च पुगेका थिए। पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै राणाले 'जोशीले सर्वोच्चबाट बाहिरिनुमात्र विकल्प हुने' बताए।

'आज पेशीसूची निकाल्दा एकजना वरिष्ठतम न्यायाधीश दीपकराज नोशीलाई मुद्दा सुनुवाईको जिम्मा दिइएको छैन। जिम्मेवारी नतोकिनुको कारण के होला?', अन्नपूर्ण पोस्ट् का यम विरहीले प्रधानन्यायाधीश राणालाई प्रश्न गरेका थिए।

प्रश्नको जवाफमा राणाले भने - 'उहाँलाई पेशी तोक्दिनँ। उहाँले स्वभिक रुपमा बाहिरिनु विकल्प हुनसक्छ। जनआस्था वृद्धि गर्न हामी न्यायाधीश बाटो लाग्न पनि तयार हुनुपर्छ।'

संसदीय सुनुवाई विशेष समितिमा सुनुवाईका क्रममा सांसदहरूले 'संसदबाट अस्वीकृति व्यक्ति पनि सर्वोच्चमा बसिरहेको' भन्दै राणालाई प्रश्न गरेका थिए।

अबदेखि जोशीलाई जिम्मेवारी नदिने आफ्नो निर्णय 'संसदीय समितिको सम्मानको लागि' भएको प्रधान्न्यायाधीश राणाको भनाई थियो।

उनले भने- 'मैले संसदको निर्णय मान्छु।, स्वीकार्छु। सबैको भावनाबाट कठोर र गम्भीर निर्णय लिएको छु। वरिष्ठताको रुपमा अदालतलाई बन्धक बनाइरहनु हुन्न। निकास दिनुहुनेछ। मैले आज संसदीय समितिको सम्मानको लागि पेशी नतोकेको हुँ, भविष्यमा पनि तोक्दिनँ।'

जोशीले के गर्लान् ?

प्रधानन्यायाधीश राणाले न्यायाधीश जोशीलाई गम्भीर नैतिक प्रश्न उब्जाइदिएका छन्। प्रधानन्यायाधीशले कुन मुद्दा कुन न्यायाधीशलाई दिने निर्णय गरी पेशी तोक्छन्। तर अब जिम्मेवारी नै नतोक्ने निर्णय गरेर राणाले जोशीलाई राजीनामा दिन बाध्य बनाइदिएका छन्।

सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि संवैधानिक परिषद्ले राणाको नाम सिफारिस गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.