गैंडाको खागसहित पक्राउ

गैंडाको खागसहित पक्राउ

धनगढी : कैलाली प्रहरीले गैंडाको खागसहित एकजनालाई पक्राउ गरेको छ।धनगढी उपमहानगरपालिका-६ जाईबाट बरामद गरेको १ थान गैंडाको खागसहित बाजुरा बुढीगंगा नगरपालिका-३ स्थायी घर भएका ५१ वर्षीय चक्र भण्डारीलाई पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरीका कार्यालय कैलालीले बुधबार सार्वजनिक गरेको छ।भण्डारीले वन्यजन्तु ओखेटो पहार अवैध चोरी सिकारी ओसार-प्रसार तथा विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

धनगढी उप-महानगरपालिका-६ का गगन रौउलेको घरमा लुकाईछिपाई राखेको अवस्थामा गैंडाको खागसहित उनलाई प्रहरीले पक्राउ गरेको कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता हरि वलीले जानकारी दिए। भण्डारीले गैंडाको खाग भारतबाट ल्याएको प्रहरीसँग प्ररारम्भिक बयानमा बताएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक हरि वलीले १ किलो २९० ग्राम तौल रहेको खागजस्तो देखिने वस्तुको मोटाई तथा गोलाई ४२  दशमलव ५ सेन्टीमिटर र लम्बाई ३२ दशमलव ४ सेन्टीमिटर रहेको बताए। खागसहित पक्राउ परेका भण्डारीलाई बुधवारै डिभिजन वन कार्यालय धनगढीमा बुझाइने प्रहरी नायव उपरीक्षक वलीले जानकारी दिए।

उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही गरिने वलीले बताए। सो ऐन अनुसार ५ देखि १० वर्षसम्म कैद र ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.