केरुङमा नेपाली मजदुरको ज्यान गयो

केरुङमा नेपाली मजदुरको ज्यान गयो

नुवाकोट :  केरुङमा नेपाली मजदुरको चिनियाँ सरकारी गाडीको ठक्‍करबाट ज्यान गएको छ। रसुवागढी नाकादेखि २५ किलोमिटर उत्तरपश्चिमी भेगमा रहेको केरुङमा चिनियाँ सरकारी गाडीले ठक्‍कर दिँदा रसुवाका रामकाजी गुरुङको ज्यान गएको हो।

 
सडकमा काम गरिरहेका बेला चिनियाँ टेलिकमको गाडीको ठक्‍करबाट ज्यान गुमाउने उत्तरगया गाउँपालिका-३ ठूलोगाउँका ४५ वर्षीय रामकाजी गुरुङ रहेको रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

रोजगारीका लागि केरुङ पुगेका गुरुङलाई गाडीले ठक्‍कर दिएपछि उपचारका क्रममा ज्यान गएको हो।गुरुङको मृत्यु भएपछि उनका परिवारले चिनियाँ पक्षबाट एकलाख घ्युर्मो चिनियाँ रकम क्षतिपूर्ति पाएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलमार्फत जानकारी आएको प्रनाउ तामाङले बताए। उनको शव बुझेर आफन्तले बुधबार अन्तिम संस्कार गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.