‘हाम्रो नेपाली किबोर्ड’ को नयाँ संस्करण
काठमाडौं : मोबाइल एप ‘हाम्रो पात्रो’ले नयाँ वर्षसँगै आफ्ना उपभोक्तालाई नयाँ स्टिकरको सुविधा दिएको छ । नेपाली स्टिकर र इमोजी सहितको ‘हाम्रो नेपाली किबोर्ड’लाई उसले सार्वजनिक गरेको हो ।
उसले पहिलो पटक यस्ता स्टिकर समावेश गरिएको हाम्रो नेपाली किबोर्ड नयाँ संस्करणमा गुगल प्लेस्टोरमा सार्वजनिक गरेको जनाएको छ । देश र विदेशमा समेत रहेका नेपाली तथा नेपालीभाषीलाई लक्षित गर्दै यस्तो सुविधा ल्याएको ‘हाम्रो पात्रो’को दावी छ ।
‘हाम्रो नेपाली किबोर्ड’को नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरुसहितको स्टिकर राखिएको छ । यस्ता स्टिकरहरु मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायत एप्लिकेशनमा पनि प्रयोग गर्न सकिने बताइएको छ ।
नेपाली पारा, हाम्राृ साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचा गरी ७ किसिमका स्टिकरहरु यहाँ समावेश छन् । ‘हाम्रो नेपाली किबोर्ड’को इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ ।