पाश्चात्य संगीतसँग फ्यूजन गर्ने रहर छ : विक्रम बराल

पाश्चात्य संगीतसँग फ्यूजन गर्ने रहर छ : विक्रम बराल

विक्रम बराल नेपाल आइडलका फस्ट रनरअप हुन्। लामो समयदेखि पोखराको डान्स बारमा गीत गाउँदै आएका उनी नेपाल आइडलमा अत्याधिक रुचाइएका प्रतियोगी पनि हुन्। नेपाल आइडलका उत्कृष्ट ६ जना सांगीतिक प्रस्तुतिको लागि जनवरी १ देखि विश्व भ्रमणमा छन्। रक, पप र मोर्डन क्लासिकल गायनमा उत्कृष्ट प्रस्तुति दिएर सबैको मन जितेका बरालसँग अजवी पौड्यालले गरेको कुराकानी। 

नेपाल आइडल सकिएपछि कस्तो लागिरहेको छ ?
म त के गर्ने के भैराछु। आइडल हुँदासम्म एउटा  बेग्लै रुटिङ  थियो। अब यो इज्जत, सम्मानलाई कसरी मेन्टेन गर्ने भन्ने सोचिरहेको छु। नेपाल आइडलले धेरै कुरा दियो मलाई।

नेपाल आइडलले  के के दियो ? 
हजारौँ फ्यान कमाएको एउटा लगनशील बिक्रम बरालको निर्माणमा नेपाल आइडलको मुख्य भूमिका छ। यहाँ मैले धेरै अमूल्य कुरा प्राप्त गरे। मेरो परिचय नै फेरियो। स्वदेश तथा विदेशमा मैले आफ्नै खालका फ्यानहरु कमाएको छु। यो मेरो अत्यन्तै ठूलो सम्पत्ति हो। यो सम्पत्तिको मलाई अत्यन्तै माया छ।

अब्बल गीत गाउन के चाहिन्छ ? 
अरुले जे भने पनि म भर्सटाइल सिङ्गिङमा विश्वास गर्छु। गायक अलराउण्डर हुनुपर्छ। एउटा प्याटर्नको गीतले मात्रै सबै श्रोताको मन जित्न सकिँदैेन। म सबैका लागि गीत गाउन चाहन्छु। कुनै गीत अत्यन्तै च्यालेन्जिङ पनि हुन्छ। लगातारको रियाज र संगीतप्रतिको लगावले गायनलाई अब्बल बनाउने रहेछ। 

प्रस्तुतिलाई फरक कसरी बनाउने ?
म केहि फरक खालको प्रस्तुति दिन चाहन्छु। त्यो फरकपन गायकीमा मात्र नभएर  प्रस्तुतिमा पनि हुन सक्छ। गायनमा  आफ्नो पनि सृजनात्मकता देखाउन सक्नुपर्छ। अरुले गाएको गीतलाई केहि मोडिफाई गरेर नयाँ शैलीको बनाउन सकिन्छ नि। 

अबको योजना के छ ? 
पुरस्कार पाएको रकम आफ्नो सांगीतिक विकास र घर परिवारको लागि खर्च गर्ने योजना बनाएको छु। नेपाल आइडलले दिएको सम्मान, इज्जत, मायालाई समेट्दै श्रोताहरुको लागि विशेष प्रकारको एल्बम निकाल्ने सोच छ। अहिलेसम्म पोखरामा नै बस्दै आएको थिएँ। अब वल्र्ड टुरबाट फर्केपछि काठमाण्डौमा नै बसेर संगीतमा लाग्नेछु। आफ्नो कलालाई  अझै बढी तिखार्न संगीत सिक्ने रहर छ। 

तपाईँको सांगीतिक बेस ?
मेरो विधा रक र पप हो। संगीतमा नयाँ प्रयोग गर्न चाहन्छु। क्लासिक भोकल र लोक पप पनि मलाई मनपर्छ। सुगम संगीतको पारखी हुँ म। 

तपाईँको एल्बम कस्तो हुन्छ ?
मेरा फ्यानहरुको लागि मेरो एल्बम सरप्राइज हुन्छ। पूर्वीय र पश्चिमेली शैलीको फ्युजन गरेर एल्बम निकाल्ने मेरो चाहना छ। मलाई यहाँसम्म पुर्‍याउने दर्शक श्रोताका लागि दमदार गीत गाउने कोशिस गर्छु। 

तपाई बारमा गीत गाउनुहुन्थ्यो नि?
पोखरामा लामो समय बारमा गीत गाएँ तर पनि चर्चा कमाउन सकिएन। अरुको बारमा गीत गाउँदा श्रोता र दर्शकको माया नपाइने रहेछ। बारमा आउने ग्राहकको रोजाइमा गीत गाउनु पथ्र्येा यसमा आफ्नो चाहनाको कुनै ठाउँ हुँदैनथ्यो। ग्राहकले गायकको इज्जत गर्दैनन्। सारै हेप्ने गर्थै। 

तपाईको आफ्नै ब्यान्ड पनि थियो ?
हामी केहि साथीहरु मिलेर रक ब्यान्ड अडियो फर्ममा काम गर्ने गथ्र्यौँ। 

परिवारमा को–को हुनुहुन्छ ?
ममी, बुवा एउटा बैनी र म मात्र हो परिवारमा। बहिनीको विवाह भैसक्यो। मलाई साथ दिने गलफे्रन्ड पनि छिन्। ममी बुवाको साथले पनि मलाई संगीतमा लाग्न प्रेरित ग¥यो। ममीले पनि गीत गुनगुनाइ रहनुहुन्छ। 

विवाह गर्ने योजना ?
कागजी रुपमा त हामी एक अर्काका भैसकेका छौँ। केहि समयपछि औपचारिक रुपमै एक हुने योजना छ। उनले पनि मेरो गायनलाई अत्यन्तै सहयोग गर्छिन्। मेरो गायकीको सम्मान गर्छिन्। 

नेपाल आइडलको प्रतिस्पर्धा कस्तो थियो ? 
अत्यन्त अविस्मरणीय रह्यो यो क्षण। हाम्रो आवाज सुनेर श्रोताले प्रत्यक्ष भोट गर्न पाउनुहुन्थ्यो। प्रतियोगी सीमित थियौँ। रियल कम्पिटिसन त अब बल्ल सुरु भएको छ। नेपालको सांगीतिक क्षेत्रमा हामीभन्दा धेरै जान्ने र क्षमता भएका गायकहरु पनि हुनुहुन्छ। सबैसँग अप्रत्यक्ष रुपमा कम्पिटिसन नै चलिरहन्छ। सबैले भन्दा अब्बल गीत बजारमा ल्याउनुपर्ने छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.