मदिरा खाने पैसाले बिमा गर्नुस् : धुमुर्स-सुन्तली
बझाङ : सामाजिक अभियान्त्ता तथा राष्ट्रिय कलाकार धुर्मुस र सुन्तलीले मदिरा खाने पैसाले बिमा गर्न आग्रह गरेका छन्। बझाङकाे चैनपुरमा बुधबार हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले बझाङेहरुलाई बिमा गर्न प्रोत्साहन गरेका हुन्।
बझाङ प्रवेश हुने जयपृथ्वी राजमार्ग साधुरो तथा खाल्डा खुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै उनीहरुले व्यङ्ग्य गरे। मन्चमा धुुर्मुस र सुन्तलीले एकआपसमा संवाद गरेका थिए। उनीहरुले बझाङ मदिरा सेवन, महिला हिंसा तथा बाल विवााह बढी हुने जिल्ला बताउँदै यस्त कुरिती हटाउन जोड दिए।
सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले आयोजना गरेको बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा बझाङ आएकी सुन्तलीले पुरुषलाई लक्षित गर्दै भनिन्,‘मदिरा खाने पैसाले अब बिमा गर्नुहोस् र आफ्नो परिवार खुसी बनाउनुहोस्।’ उनले महिलालाई बिँडी तमाखु खाने पैसा बचत गरेर बिमा गर्यो भने त्यो पैसाले आफू र बालबालिको भविष्य उज्वल हुने बताइन्।
कार्यक्रममा दुबै हाँस्य कलाकारले मान्छेको जीवन जोखिमपूर्ण भएकोले प्रत्येक व्यक्तिले बिमा गर्न आवश्यक रहेको बताए। अप्रिय घटना भइ अकालमा ज्यान गयो भने बिमाको पैसाले परिवारका सदस्यलाई राहत हुने उनीहरुले भनाइ थियो। कार्यक्रममा सामाजिक विभेद र कुरीतिलाई हटाउन कलाकार द्वयले जोड दिए।