कुटपिटको विरोधमा कर्मचारी आन्दोलित, तीन दिनदेखि काम ठप्प

कुटपिटको विरोधमा कर्मचारी आन्दोलित, तीन दिनदेखि काम ठप्प

बेसीशहर : सहकर्मी कुटिएको विरोध गर्दै लमजुङका सरकारी कार्यालयमा कार्यरत लेखा अधिकृत तथा लेखापालहरुले कामकाज ठप्प पारेका छन् । बुधबार कार्यालयको लेखा सम्बन्धी सबै काम रोकेर लेखापालहरु कोष तथा लेखा नियन्त्रक कार्यालयमा धर्नामा बसेका हुन् ।

सोमबार सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीलाई सत्तारुढ नेकपाको भातृ संगठन युवा संघ सुन्दरबजार नगर कमिटीका उपाध्यक्ष नवीन श्रेष्ठलगायत युवाहरुले कुटपिट गरेका थिए ।

पीडकलाई पक्राउ गरी कारवाहीको माग गर्दै लेखापालहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बुधबार नै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई ज्ञापनपत्र बुझाउँदै आक्रमणकारी श्रेष्ठलाई पक्राउ गर्न दवाव दिए ।

पीडितलाई साथ दिँदै कर्मचारीका पेशागत संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले पनि संयुक्त विज्ञप्ती प्रकाशन गरी दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

कार्यकक्षमै लेखापाल कुटिएपछि सुन्दरबजार नगरपालिकाको काम तीन दिनदेखि ठप्प छ । कर्मचारीहरु काम नगरी आन्दोलनमा उत्रिएका छन् । बुधबार बसेको नगरकार्यपालिका बैठकले कर्मचारीहरुलाई काममा फर्कन आग्रह गरे पनि कर्मचारीहरुले आक्रमणकारीलाई पक्राउ गर्न तीन दिनको अल्टिमेटम दिएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावलीका अनुसार बिहीबारदेखि आन्दोलित कर्मचारीहरु काममा फर्कने छन् । ‘तीन दिनको समय दिएर कर्मचारी साथीहरुले बिहिबारदेखि काममा फर्कने सहमति गर्नुभएको छ’, ज्ञवालीले भने ।

तीन दिनमा आक्रमणकारी पक्राउ नपरे थप कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । नगरपालिकाको औषधि खरिदको टेण्डर आफ्नो पक्षमा पार्न श्रेष्ठले लेखापालमाथि कार्यकक्षमै कुटपिट गरेको पीडित पक्षको दावी छ ।

सुन्दरबजार नगरपालिकाले औषधि खरिदका लागि गत शुक्रबार टेण्डर आव्हान गरेको थियो । यसअघि मंसिर २० गते गरिएको टेण्डर श्रेष्ठकै समूहले दर्ता भएको फर्म च्यातेपछि रद्ध भएको थियो ।

घाइते लेखापाल पराजुलीको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ । घटनामा संलग्न श्रेष्ठ फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.