जहाजलाई लक्षित गर्दै ड्रोन उडाउने युवक पक्राउ

जहाजलाई लक्षित गर्दै ड्रोन उडाउने युवक पक्राउ

काठमाडौं : बिनास्वीकृति ड्रोन क्यामेरा उडाउने एक युवकलाई भक्तपुर प्रहरीले बुधबार पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित घ्याम्पे डाँडामा ड्रोन क्यामेरा उडाइरहेका सिराहाको धनगढी नगरपालिका–२ का स्थायी बासिन्दा २४ वर्षीय सन्देश लुइँटेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं कोटेश्वर बस्दैआएका सन्देशले घ्याम्पेडाँडामाथि उडिरहेका हवाईजहाजलाई लक्षित गरी ड्रोन क्यामेरा उडाएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार लुइँटेलले घ्याम्पेडाँडा भई उडिरहेका हवाईजहाजलाई लक्षित गरी ड्रोन क्यामेरा उडाएका थिए ।

घ्याम्पे डाँडा क्षेत्र पूर्वी नेपालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आउने हवाईजहाजको रुट हो । उक्त रुट क्षेत्रमा लुइँटेलले बिनास्वीकृति ड्रोन क्यामेरा उडाएका थिए ।

उनले ड्रोन क्यामेरालाई उक्त रुट भइ आएका हवाईजहाजकै मुनि मुनि उडाएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । हवाईजहाजमाथि आक्रमण नै गर्ने गरी ड्रोन क्यामेरा उडाएको भन्दै प्रहरीले तत्काल घ्याम्पेडाँडा पुगी लुइँटेललाई क्यामेरासहित नियन्त्रणमा लिएको थियो ।

‘उनले कुन प्रयोजनको लागि ड्रोन क्यामेरा उडाएका हुन् खुलेको छैन । जुन प्रयोजन भए पनि ड्रोन उडाउन कहीँकतैबाट स्वीकृति लिएको थिएन’, उनले भने, ‘उनले ड्रोन क्यामेरा प्रयोग गरेर उक्त रुट भइ आउने हवाईजहाजलाई नै लक्षित गर्न थालेपछि हामीले तत्काल नियन्त्रणमा लिएका हौँ ।’

लुइँटेललाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । लुइँटेललाई आवश्यक कारवाहीको लागि बुधबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । नेपालभित्र ड्रोन क्यामेरा उडाउन पाउने स्वीकृति तथा अनुमति एवं बिनाअनुमति उडाएको पाइए कारवाही गर्ने कार्य प्राधिकरणले गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.