धनुषाका फरार प्रतिवादी सिरहाबाट पक्राउ

धनुषाका फरार प्रतिवादी सिरहाबाट पक्राउ

सिरहा : ज्यान मार्ने उद्योग, संगठित अपराध, विस्फोटक पदार्थ तथा डाका मुद्दामा संग्लन धनुषाका फरार प्रतिवादीलाई बुधवार सिरहा प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनुषा सिंग्याही मडान ३ घर भएका ५७ वर्षीय रामेश्र महतो रहेको जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। 

एसपी श्रेष्ठका अनुसार उनलाई प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका ४ बन्दीपुरबाट पक्राउ गरेको हो।

२०७३ फाल्गुन १ गते सिरहाको मिर्चैया नगरपालिका २ मल्हनियाँखोरीमा बिहान साढे दश बजे सोही ठाउँका लालु खानमाथि गोली प्रहार भएको थियो। 

घटनास्थलबाट प्रहरीले खोखा र गोलीसहित गोली चलाउने समूहले प्रयोग गरेका बिआर ३२ एफ ८८४३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको थियो। 

लालुले इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। त्यस घटनामा पक्राउ परेका रामेश्वरको पनि संग्लनता रहेको प्रहरीले जनाएको छ।
 
मिर्चैया प्रहरीका अनुसार गोली प्रहार गर्ने समूहले लालु सवार ना ३८ प १३३४ नम्बरको मोटरसाइकल पनि लुटेर लगेको थियो। लालुको जाहेरीको आधारमा प्रहरीले त्यस घटनामा संग्लन व्यक्तिलाई खोजी कार्य सुरु गरेको थियो। 

०७३ फागुन १७ गते पक्राउ परेका महतोको गाउँमा अपराधी बसिरहेको सूचना प्रहरीले पाएको थियो। घटनाका सम्बन्धमा महतोलगायत १६ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। 

जसमध्ये विभिन्न ठाउँबाट ९ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ। महतो लगायतका व्यक्तिहरुमाथि ज्यान मार्ने उद्योग, संगठित अपराधलगायतका पाँच वटा मुद्दा दर्ता भएका छन्। 

    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.