सकियो भेडेटार महोत्सव

सकियो भेडेटार महोत्सव

धनकुटा : पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा आयोजित अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित सातौं खाना महोत्सव बुधबार सम्पन भएको छ। तीन दिनसम्म आयोजना भएको महोत्सवमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक समितिका संयोजक जितेन्द्र रुम्दाली राईले बताए। ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भेडेटार आएको उनले दाबी गरे।

महोत्सवमा हेली टूर, जातीय परिकार, घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलगायत प्रमुख आर्कषण थिए। समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लीला सुब्बाले भेडेटार प्रदेश १ को प्रमुख गन्तव्य स्थल भएको र महोत्सवले थप प्रचार प्रसार गरेको बताइन्। साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याखाले भेडेटारलाई व्यवस्थित रूपमा अघि बढाउन गाउँपालिकाले गुरुयोजना बनाएर पूर्वाधार क्षेत्रमा थप लगानी गर्न लागेको जानकारी दिए।

अंग्रेजी नयाँ वर्षमा भेडेटारमा खाना महोत्सव आयोजना हुँदै आएको छ। महोत्सवमा २४ स्टलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्री प्रर्दशनीमा राखिएका थिए। होटल एशोसिएशन अफ भेडेटार आयोजनामा सुरु भएको महोत्सवको मुख्य प्रायोजक जावलाखेल गु्रप अफ इन्डस्ट्रीज रहेको थियो।

हेली टूरमा दुई सय ६४

भेडेटार खाना महोत्सवको अवसरमा दुई सय ६४ जनाले हेली टूर गरेका छन्। सिम्रिक एयर प्रालिले होटल एसोसिएसन अफ भेडेटारसँगको सहकार्यमा हेली टूरको व्यवस्था गरिएको थियो। तीन दिनको अवधिमा ४४ फ्लाइट हेली टूर भएको हो। हरेक ट्रिपमा ६ जनाले हेली टूर गर्ने व्यवस्था थियो। यसको प्रतिव्यक्ति ४ हजार ९ सय शुल्क तोकिएको थियो।

यसबाट करिब पाँच मिनेट भेडेटार बजार, मकालु, कुम्भकर्ण लगायतका हिम श्रृंखलाको दृश्यावलोकन गराइएको थियो। आन्तरिकसँगै भारतीय पर्यटकले हेली टूर गरेको एसोसिएसनका अध्यक्ष राईले बताए। हेली टूरमा पर्यटकको आकर्षण देखिएकाले एक दिन हेली टूर थपिएको उनले बताए। आगामी वर्ष हुने महोत्सवमा पनि हेली टूरको व्यवस्था गरिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.