तीन बालकको बिचल्ली

तीन बालकको बिचल्ली

कुस्मा : बाबुको मृत्यु अनि आमाले दोस्रो विवाह गरेपछि दलित परिवारका तीन बालक बिचल्लीमा परेका छन्। ०७४ मंसिरमा मृत्यु भएका पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन्। उनका दुई श्रीमतीमध्ये सावित्री दमै चार वर्षअघि र कान्छी देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी गइसकेका छन्।

देवीतर्फका छोरा विवेक र सावित्रीतर्फ विशाल र विश्वास बाबुको मृत्युपछि सहाराविहीन बनेका हुन्। उनीहरू वृद्ध हजुरबुबा हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन्। सानो झुप्रोबाहेक केही नभएका उनीहरूको आम्दानी पनि छैन। बिहान बेलुकाको छाक टार्न र एकसरो लगाउनसमेत धौधौ परेको हजुरआमा गौमती दमैले बताइन्। ७० वर्षीय हजुबुबा केदार दमै गाउँमा मजदुरी गर्छन्। उनले कमाएको दिन तीनजना नातिले खान पाउने नत्र पेटभरि खानसमेत पाउने अवस्था नरहेको हजुरआमा गौमतीको भनाइ छ। ‘मेरो परिवारमा बज्रपात प¥यो’, उनले रुँदै भनिन्।

१५ वर्षीय विशाल कक्षा ९ मा, १४ वर्षीय विवेक कक्षा ७ मा १२ वर्षीय विश्वास कक्षा १ मा पढ्दै छन्। स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरूलाई नियमित पठनपाठनमा समेत समस्या छ। कुनै निकायले पनि उनीहरूलाई सहयोग गरेका छैनन्। ‘जाडो महिना। गतिलो कपडा लगाउन नपाउँदा चिसोले सताएको छ। राति ओढ्ने÷अच्छ्याउनेसमेत नहुँदा समस्या छ’, गौमतीले गुनासो गरिन्। कुस्मा नगरपालिकाले १० हजार रुपैयाँ सहयोग दिएको थियो। ‘छोराको मृत्यु हुँदा लागेको ऋण त्यही पैसाले तिरियो’, गौमतीले भनिन्, ‘हामीलाई ठूलो आर्थिक समस्या छ।’

पर्वतमा गुरुदत्त ढकाल प्रमुख जिल्ला अधिकारी भएर आएपछि तीन बालकलाई राहत मिलेको छ। प्रजिअ ढकालले उनीहरूलाई सहयोगका लागि पहल गर्दै आएका छन्। वैशाखदेखि पर्वतमा प्रजिअको जिम्मेवारी सम्हालेका ढकालको पहलमा जेठबाट बालकको हेरचाह, पालनपोषण र शिक्षाका लागि मासिक ६ हजार रुपैयाँ परिवारले पाउन थालेका छन्। वडाको सिफारिसमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि उक्त संस्थाले तीन बालकलाई जनही मासिक २ हजार रुपैयाँका दरले सहयोग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.