राष्ट्रपतिद्वारा कृषि अनुसन्धान कार्यालय अवलोकन, सर्वसाधारणलाई अवराेध

राष्ट्रपतिद्वारा कृषि अनुसन्धान कार्यालय अवलोकन, सर्वसाधारणलाई अवराेध

धरान : कृषि अवलोकनमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले तरहरास्थित कृषि अनुसन्धान कार्यालय भ्रमण गरेकी छन् । कृषि कार्यालयमा उनले करिब एक घण्टा अवलोकन गरिन् । बिहान साढे १० बजे मात्रै कृषि अनुसन्धान कार्यालयबाट फर्किएकी थिइन् ।

झापामा रहेको कृषि परियोजना र फार्म बुधबार अवलोकन गरेपछि राष्ट्रपति भण्डारीले बिहीबार बिहान इटहरीको कृषि अनुसन्धान कार्यालय अवलोकन गरेकी हुन् । उनले यसअघि कृषि क्षेत्रमा सरकारले सहयोग गर्नेमा आशावादी रहेको भन्दै स्थानीय तह र संघ सरकारबीच सहकार्य हुनुपर्ने बताएकी थिइन् ।

सर्वसाधारणलाई एक घण्टा सडक अवरुद्ध

राष्ट्रपतिको भ्रमणका लागि यहाँ एक घण्टा नै सडक अवरुद्ध पारेर सर्वसाधारणलाई आवतजावतमै रोक लगाइएको थियो ।

सेनाको हेलिकप्टमा इटहरीस्थित पूर्वी पृतनामा अवतरण गरेकी भण्डारीलाई तरहराको कृषि अनुसन्धान कार्यालय लैजान प्रहरीले कोसी लोकमार्गमा पर्ने धरान–इटहरी सडक खण्ड एक घण्टासम्म सर्वसाधारणका लागि रोके लगाएको हो ।

राष्ट्रपती भण्डारीलाई तरहरादेखि सेनाको कार्यालयसम्म आवत जावत गराउन एक घण्टा सडक बन्द गराइएको हो । सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने राष्ट्रपतीको सुरक्षाका लागि सर्वसाधारणलाई रोक लगाएर सडक बन्द गर्नु परेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.