पछि हटे ट्रम्प, ‘सिरियाबाट सेना फर्काउन समय लाग्ने छ’
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सेना फिर्ता गर्न अझै केही समयावधि लाग्ने संकेत गरेका छन् । बिहीबार उनले सम्बोधन गर्दै केही अवधिपछि फिर्ता हुने बताएका हुन् ।
यसको लागि ट्रम्पले समय तालिका सार्वजनिक गरेका छैनन् । केही साताअघि मात्रै उच्च राष्ट्रिय सुरक्षा सहायता संस्था लगायत निकटस्थ निकायहरुको सल्लाह विपरित सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका ट्रम्पले नयाँ वर्ष सुरु भएसँगै केही समय लाग्ने बताएका हुन् ।
बिहीबार उनले ह्वाइट हाउसस्थित क्याबिनेट मिटिङको क्रममा पत्रकारहरुसमक्ष यस्तो बताएका हुन् । केही दिनमै आफ्नो घोषणाबाट पछि हटेको संकेत उनको पछिल्लो अभिव्यक्तिले देखाएको छ । उनले भने, ‘आईएसआईएससँग लडार्इँ जारी रहँदाकै बीच हामी बिस्तारै हाम्रा सेनालाई आफ्नै घर फिर्ता गराउने छौँ ।’